Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्रीको  १७५ प्रतिशत हकप्रद सेयर आवेदन खुला

विहीबार, ०६ माघ २०७३, १३ : १७ मा प्रकाशित

मञ्जुश्रीको  १७५  प्रतिशत हकप्रद सेयर आवेदन खुला

अर्थ संसार

काठमाडौं–तपाईंसँग मञ्जुश्री फाइनान्सको सेयर छ ? कम्पनीले आजदेखि १ सय ७५ प्रतिशत हकप्रद शेयर खुला गरेको छ ।   कम्पनीको हकप्रदमा फागुन १० गतेसम्म आवेदन गर्न सकिने छ । पुस ९ गते सेयर आफ्नो नाममा सेयर लिइसकेका ब्यक्तिहरुले मात्र आवेदन दिन पाउने छन् । 

मञ्जुश्रीले २५ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको ४३ लाख ८६ हजार ३ सय ७५ कित्ता हकप्रद निष्कासन गरेको जनाएको छ । सेयरधनीले सेयर निष्काशन तथा विक्रि प्रबन्धक एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका शाखाहरू, मन्जुश्री फाइनान्सको शाखा कार्यालयहरु, त्रिवेणी विकास बैंकको पाल्पा, बेशीसहर, पनौती, इटहरी र भकुण्डेबेसी शाखा, गरिमा विकास बैंकको पोखरा, बाग्लुङ, बेनी र मुग्लिङ शाखा र महाकाली विकास बैंकको महेन्द्रनगर शाखामार्फत  हकप्रद सेयर भर्न सकिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको