Like us!
Follow us!
Connect us!
Watch us!

केन्यामा ‘नो सेक्स’ अभियान

विहीबार, ०६ माघ २०७३, १२ : ५९ मा प्रकाशित

केन्यामा ‘नो सेक्स’ अभियान

निर्वाचनमा सहभागी हुन र भोट हाल्नका लागि एउटा नेताले कस्तो अभियान चलाउन सक्छन् रु जागरण अभियान, प्रशिक्षण अभियानजस्ता सामान्य कुरा हामीले अनुमान गर्न सक्छौँ । तर, केन्याको सन्दर्भमा यस्तो अनुमान फेल खान सक्छ । किनकि केन्याकी एक सांसद्ले महिलाहरूसँग अपिल गरेकी छिन्– ८ अगस्टमा हुने निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरेसम्म श्रीमान्सँग सेक्स नगर्नू । यस्तो अभियान चलाउने महिला सांसद् हुन्, मिसि मबोको ।

केन्याको तटीय सहर मोम्बासाकी यी नेताले विपक्षीलाई खतरामा पार्ने सबैभन्दा बलियो अभियान यही भएको बताएकी छिन् । त्यहाँको निर्वाचनमा मतदान गर्न १७ फेब्रुअरीसम्ममा मतदाता नामावलीमा सूचीकृत भइसकेको हुनुपर्छ ।मबोकोले भनेकी छिन्, ‘महिलाहरूले यो रणनीतिलाई अपनाउनुपर्ने हुन्छ । यो सबैभन्दा राम्रो अभियान हो । श्रीमान्ले भोटर कार्ड नदेखाएसम्म उनीहरूसँग सेक्स गर्न अस्वीकार गर्नुहोस्, यसले हामीलाई धेरै राम्रो गर्छ ।

’मबोकोले यौनलाई कुनै पनि अभियानको सबैभन्दा शक्तिशाली हतियार हो भनेकी छिन् । र, पुरुष मतदातालाई मतदाता कार्ड लिन दबाब दिन योभन्दा अर्को अभियान सफल नहुने उनले तर्क गरेकी छिन् । सोमबारबाट मतदाता सूचीको काम सुरु भएकाले यो अभियान पनि सोमबारबाटै सुरु गर्न मबोकोले महिलाहरूसँग अनुरोध गरेकी छिन् ।

केन्याका राष्ट्रपति उहुरु केनयट्टा दोस्रो कार्यकालका लागि यस वर्ष पनि निर्वाचन लड्दै छन् । मबोको र अरू दल मिलेको खण्डमा उहुरुलाई कडा प्रतिस्पर्धा सामना गर्नुपर्ने बताइएको छ । तर, केन्यामा यौन अस्वीकार गर्ने यस्तो अभियान चलेको यो पहिलोपटक भने होइन ।यसअघि पनि सन् २००९ मा यस्तै अपिल गरिएको थियो । त्यतिवेला महिलाहरूले एक सातासम्म ‘सेक्स हडताल’ गरेका थिए । त्यतिवेलाको अजेन्डा थियो– राष्ट्रपति मवाई किबाकी तथा प्रधानमन्त्री राइला ओडिन्गा र उनीहरूका सहयोगीबीचको मनमुटाव अन्त्य गर्नु ।

नयाँ पत्रिका 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको