Like us!
Follow us!
Connect us!
Watch us!

निगमले पश्चिमका ५ जिल्लामा घटायो ग्याँसको मूल्य

विहीबार, ०६ माघ २०७३, १२ : ०९ मा प्रकाशित

निगमले पश्चिमका ५ जिल्लामा घटायो ग्याँसको मूल्य

अर्थ संसार

काठमाडौं–नेपाल आयल निगमले पश्चिमका ५ जिल्लामा ग्यासको मूल्य प्रतिसिलिन्डर २० रुपैयाँले घटाएको छ । निगमले भारतको मथुरा र कर्नाल डिपोबाट आफ्नो  क्षेत्रीय कार्यालय भलवारीसम्म ग्याँस ढुवानी गर्दा खर्च कम भएकाले मूल्य घटाइएको जनाएको छ ।

निगमले दिएको जानकारी अनुसार रुपन्देही, दाङ, बाँके, कैलाली र कन्चनपुर जिल्लामा ग्याँसको मूल्य घटेको हो ।त्यस क्षेत्रका बासिन्दाले अब १ हजार ३ सय ५ रुपैयाँमा ग्यास  पाउने छन्। रुपन्देहीमा मात्रै बुटवल, सिद्धार्थ, त्रिशूल र स्वस्तिक ४ वटा ग्यास उद्योग सञ्चालनमा छन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको