Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकले ३३.३३ प्रतिशत वोनस र ३५ प्रतिशत हकप्रद सेयर दिने

शुक्रबार, १४ असोज २०७३, १४ : ३८ मा प्रकाशित

सनराइज बैंकले ३३.३३ प्रतिशत वोनस र ३५ प्रतिशत हकप्रद सेयर दिने

अर्थ संसार
काठमाडौं– सनराइज बैंकले चुक्ता पुँजी आठ अर्व पुर्याउन सेयरधनीलाई ३३.३३ प्रतिशत वोनस सेयर दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले वोनस सेयर प्रस्ताव गरेको हो । त्यसैगरी बैंकले आगामी साधारणसभामा ३५ प्रतिशत हकप्रद सेयरको पनि प्रस्ताव लैजाने भएको छ ।

बैंकले पहिल्यै घोषणा गरेको ३० प्रतिशत हकप्रद सेयरलाई बढाएर ३५ प्रतिशत पुर्याएको हो । नारायणी नेशनल फाइनान्स किन्ने भएपछि ३० प्रतिशत हकप्रद सेयर दिने कुरा अगाडि बढेको थिएन । त्यस्तै बैंकले वोनस सेयर तथा सम्पूर्ण वित्तीय विवरण स्वीकृत गराउन शुक्रबार बैंक केन्द्रिय बैंक जाने बाएको छ ।

बैंकले असोज मसान्तसम्म साधारणसभा गरेर लाभांस अनुमोदन गर्ने लक्ष्य लिएको छ । हाल बैंकको ३ अर्व ९७ करोड रुपैयाँ चुक्ता पुँजी छ । वोनस सेयर वितरणपछि पुँजी ५ अर्व ३० करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

वोनस सेयरपछि कायम पुँजीमा हकप्रद जारी भएपछि पुँजी सात अर्ब हाराहारी पुग्ने छ । यसपछि बैंकले चालु आर्थिक बर्षको नाफाबाट वोनस सेयर दिएर पुँजी आठ अर्ब पुर्याउने छ ।
बैंकले गत आर्थिक बर्ष आफूले गरेको नाफा, नारायणी नेशनल फाइनान्स किन्दा स्वाप अनुपातमा बाँचेको करिव १९ करोड रुपैयाँ र फाइनान्सले गरेको नाफासमेत मिलाएर सेयरधनीलाई लाभांस घोषणा गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको