Like us!
Follow us!
Connect us!
Watch us!

कमजोर वित्तीय अवस्था भएको माउन्टेन हाइड्रोले आइपिओ बेच्दै

मंगलबार, १४ फागुन २०७५, ११ : १६ मा प्रकाशित

कमजोर वित्तीय अवस्था भएको माउन्टेन हाइड्रोले आइपिओ बेच्दै

अर्थ संसार, काठमाडौं– माउन्टेन हाइड्रो नेपालले यही फागुन २३ गतेदेखि साधारण शेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाले आवेदन नदिएको ५ करोड ६६ लाख ११ हजार रुपैयाँ समेत थप गरी १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले यसअघि स्थानीयबासीलाई १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो ।

यही फागुन २३ गतेदेखि बिक्री सुरु हुने आईपीओ छिटोमा फागुन २८ र ढिलोमा चैत २२ गतेसम्म हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

आईपीओका लागि न्युनतम ५० देखि अधिकतम ८० हजार कित्तासम्म आवेदन दिन पाइने छ । कुल निष्कासन मध्ये ३६ हजार ३२२ कित्ता कम्पनीका कर्मचारी र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याइएको छ ।

माउन्टेनले पाँचथरमा २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९८ प्रतिशत काम सकिएको छ ।

आयोजनाको अनुमानित लागत प्रतिमेगावाट  १९ करोड ८२ लाख २७ हजार रुपैयाँको दरले  ४ अर्ब २८ करोड १७ लाख रुपैयाँ छ । सो आयोजनामा सेयर भर्नेले लगानी फिर्ता गर्न ८ वर्ष २ महिना  कुर्नुपर्नेछ ।

आर्थिक वर्ष ०७७\०७८ सम्म कम्पनीको खुद सम्पत्ति ऋणात्मक भई ९७.९८ रुपैयाँ हुने देखिएको छ ।  इक्रा नेपाल लिमिटेडले आईपीओ ग्रेड ४ प्रमाणपत्र दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको