Like us!
Follow us!
Connect us!
Watch us!

जर्मनीको अन्तराष्ट्रिय पर्यटन मेलामा नेपालको सहभागिता

विहीबार, ०६ माघ २०७३, १० : ४४ मा प्रकाशित

जर्मनीको अन्तराष्ट्रिय पर्यटन मेलामा नेपालको सहभागिता

अर्थ संसार
काठमाडौं– वाणिज्य मन्त्री रोमी गौचन थकाली जर्मनीको स्टुटगार्ट शहरमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् । जनवरी १६ देखि २२ सम्म चल्ने उक्त अन्तर्राष्ट्रिय मेलामा विश्वभरका २ हजारभन्दा बढी यात्रा र पर्यटन क्षेत्रका उद्यमी, व्यवसायी संस्थाहरुको सहभागिता छ । प्रदर्शनीमा नेपाल पर्यटन बोर्डको समन्वयनमा नेपालका पर्यटन क्षेत्रका विभिन्न उद्यमी व्यवसायी संघसंस्थाले भाग लिइरहेका छन् ।

त्यस अबसरमा जर्मनीका पर्यटन क्षेत्रका अग्रणी उद्यमी, व्यवसायीलगायतका पत्रकारहरुसँगको अन्तक्र्रियामा मन्त्री शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपाल प्राकृतिक तथा मानव निर्मित दुवै सम्पदामा धनी भएको बताउँदै नेपाल विश्वकै पर्यटकहरुका लागि आकर्षक गतन्व्यस्थल रहेको जानकारी दिए । उनले नेपालको अनुपम हिमशृंखला, सुन्दर कलाकृति, रमाइला फाँट तथा वन्यजन्तु आरक्ष स्थलहरु एवं मिलनसार प्रकृतिका नेपाली संसारका सबै पर्यटकहरुका लागि विशेष आकर्षण हुनसक्ने बताए ।

कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रमेश खनालले नेपाल र जर्मनीबीच पर्यटन, व्यापार र संस्कृति प्रवद्र्धन लगायतका क्षेत्रमा मिलेर सहकार्य गर्ने थुप्रै अवसरहरु रहेको हुँदा त्यसको सदुपयोग गर्न सरकारी तथा निजी क्षेत्रबीच सहकार्य बढाउन आवश्यक रहेको बताए । उक्त कार्यक्रममा नेपालमा पदयात्रा तथा पर्वतारोहण पर्यटनको क्षेत्रमा विशिष्ट अनुभव सँगालेका निजी क्षेत्रका संस्थाहरुले आफ्नो नेपाल भ्रमणसम्बन्धी रोचक जानकारी सहभागीमाझ पस्केका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको