Like us!
Follow us!
Connect us!
Watch us!
आफ्नै तरकारी, डेरी, कुखुरा, खसी फार्मको उत्पादन खुवाउने, आफ्नै बायो ग्याँस, वायु उर्जा प्रयोग

धनकुटा हिलेमा खुल्यो २० करोडको रिसोर्ट

विहीबार, ०६ माघ २०७३, १० : १३ मा प्रकाशित

धनकुटा हिलेमा खुल्यो २० करोडको रिसोर्ट

अर्थ संसार

काठमाडौं–पूर्वको पर्यटकीय धनकुटा हिलेस्थित त्रिशुलेमा २० करोड लगानीमा होटल होराइजन माउण्टेन रिसोर्ट सञ्चालनमा आएको छ । व्यवसायी रेवतबहादुर थापाले संचालनमा ल्याएको सुविधा सम्पन्न रिसोर्टको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार उद्घाटन गरे । करीब ४२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ३१ कोठा र ६ वटा कटेज छन् ।यहाँ एकैपटक २ सय ५० जनालाई सेवा दिन सकिने सेमिनार हल, मल्टिकुजिन रेष्टुरेन्टसमेत छ । रिसोर्टमै ज्याकुजी र सौनाको सुविधा पनि उपलब्ध छ । यहाँ करीब ५० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने छन् ।

रिसोर्टमा विवाह, पार्टी, सभा, सेमिनार, सम्मेलन गर्न मिल्ने सुविधा छ । ग्राहकलाई आकर्षित गर्न रिसोर्टनजिकै पिकनिक स्पटको व्यवस्था गरिएको छ । सँगै आकर्षक चिया बगानसमेत छ । रिसोर्टले आफ्नै अर्गानिक तरकारी खेती, डेरी, खसी बोका र कुखुरा फर्मसमेत सञ्चालन गरेको छ ।

त्यसैगरी होटेलले आफ्नै क्षेत्रमा होटललाई चाहिने वायो ग्याँस र वायु ऊर्जा उत्पादन गरेको छ । होटल व्यवसायमा चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले साउथ एशियन स्कुल अफ टुरिजम् एण्ड होटल म्यानेजमेन्टको सहकार्यमा विद्यार्थीहरुलाई ईन्टर्नको व्यवस्था गरेको छ ।

यहाँबाट मनोरम मकालु, सगरमाथा र कञ्चन्जंगा हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । रिसोर्टले पाहुनका लागि घोडचढी, साइक्लिङ् र दृश्यावलोकनको सेवा दिने बताएको छ । पाहुनाको अनुरोधमा काठमाडौं र विराटनगर विमानस्थलदेखि पिकअप र ड्रपको ब्यवस्था गरेको छ । विराटनगरदेखि करीब २ घन्टाको ड्राइभिङ दुरीमा रहेको यो रिसोर्टले आन्तरिक पर्यटकका साथै भारतीय र तेस्रो मुलुकका पाहुनाहरुलाई समेत सेवा दिने लक्ष्य लिएको संचालक थापाले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको