Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा झिनो अंक ह्रास, कारोबार रकमसमेत झन् घट्दो

बुधबार, ०५ माघ २०७३, १६ : ५७ मा प्रकाशित

नेप्सेमा झिनो अंक ह्रास, कारोबार रकमसमेत झन् घट्दो

अर्थ संसार

काठमाडौं–बैंक तथा वित्तीय संस्थाहरुको चालु आर्थिक बर्षको पहिलो ६ महिनाको उत्साहप्रद प्रगति विवरण सार्बजनिक भइरहेका बेला सेयर बजारमा भने निराशा छाएको छ । लगातार घट्दै आएको बजार बुधबार पनि रातै भयो । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले बुधबार पनि लगानीकर्तालाई सकारात्मक सन्देश दिन सकेन । यस दिन नेप्से सामान्य रुपमा ०.८१ अंकले रातो भयो । बजार उतारचढावका बीच १४६२.२३ अंकमा समेटिएको छ । 

बजारमा यसदिन दिन होटल समुह२२.६२, उत्पादन १७ .४६,जलविद्युत ७, बैंकिङ ३.५८ र अन्य समुह २.३१ अंकले घटे भने वीमा र विकास बैंक समुह क्रमशः ६६.७१ र ६ अंकले हरिया भएका छन् । बजारमा १३३ कम्पनीको १२ लाख कित्ता सेयर किनबेचबाट ३१ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । 

नेप्सेमा बुधबार जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा उच्च दरले सम्पत्ति बढाएका छन् । उक्त लघुवित्तको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यसपछि तिनाउ विकास बैंक, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक र  देव विकास बैंकका लगानीकर्ता राम्रो कमाइ गरेका छन् ।

बजारमा हिमालयन डिस्टलरीका लगानीकर्ताले धेरै गुमाए । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यसपछि खानिखोला हाईड्रो, सेती फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक, लक्ष्मी लघुवित्त र समिट माइक्रो फाइनान्सका लगानीकर्ताले उच्च दरमा सम्पत्ति गुमाए । 

-- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको