Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चार मन्त्रीको उद्घोष : फेसबुक र ट्वीटर नेपालमा दर्ता हुनैपर्छ

बुधबार, ०८ फागुन २०७५, १७ : ३६ मा प्रकाशित

सञ्चार मन्त्रीको उद्घोष :  फेसबुक र ट्वीटर नेपालमा दर्ता हुनैपर्छ

अर्थ संसार, काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालका संचालक नेपालमा दर्ता गर्न अनिवार्य रुपमा आउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले ती समाजिक सञ्जाल व्यक्तिगत रुपमा चलाउन दर्ता गर्नु नपर्ने भएपनि संचालकले भने दर्ता गर्नु पर्ने बताउँनुभयो ।

सामाजिक सञ्जालमा चरम विकृति फैलिएको भन्दै उहाँले त्यसको नियमन गर्न लागिएको स्पष्ट पार्नुभयो । सामाजिक सञ्जाल सकारात्मक रुपमा संचालन गरे त्यसबाट सकारात्मक परिणाम निकाल्न सकिने भएपनि नकारात्मक रुपमा प्रयोग गरिए त्यो घाटक हतियार हुने उहाँको भनाई थियो ।

अमेरिका, भारत, जर्मनी, क्यानडा, टर्की जस्ता देशमा समेत सामाजिक सञ्जाललाई लिएर अनेकन टिकाटिप्पणी भैरहेको भन्दै उहाँले त्यस्ता सञ्जाललाई सामाजिक आवश्यकता अनुसार नियमन गर्नै पर्ने बाध्यतामा सरकार परेको उहाँको भनाईछ ।

विकृति विसंगती फैलाएर समाजलाई नकारात्मकता तिर लैजान दिननहुने उहाँको भनाई थियो । सरकारले हालै मात्र संघिय संसदमा सूचना प्रविधि सम्बन्धी विधेयक २०७५ प्रस्तुत गरेको छ । सो विधेयकले सामाजिक सञ्जाल संचालकलाई अनिवार्यरुपमा दर्ता गर्नु पर्ने प्रावधान राखेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको