Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले नेपाल बैंकबाट आफ्नो सेयर फिर्ता लिने

बुधबार, ०५ माघ २०७३, १६ : ०४ मा प्रकाशित

सरकारले नेपाल बैंकबाट आफ्नो सेयर फिर्ता लिने

अर्थ संसार

काठमाडौं–उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले  नेपाल बैंक लिमिटेडमा रहेको नेपाल सरकारको शेयर विनिवेश प्रक्रिया अगाडि बढाउने बताएका छन् । मन्त्री महराले अर्थ मन्त्रालयमा बुधबार एक्सन प्लान सार्बजनिक गर्दै उनले छानिएका सार्वजनिक संस्थानहरूलाई निजी क्षेत्रको व्यवस्थापनमा सञ्चासलन गरिने बताए ।

उनले आन्तरिक पूँजी बजारको सुदृढीकरणका लागि पूँजी बजारमा संस्थागत लगानीकर्ताहरूको प्रवेशलाई बढावा दिने आफ्नो योजना रहेको बताए । निजी र पारिवारिक व्यवसायलाई नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हुन प्रोत्साहित गर्ने उनले जानकारी दिए ।उनले कमोडिटी बजारलाई सरकारको नियगमन भित्र राख्ने योजना पनि सुनाए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको