Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् नेपाली बजारमा पाइने टाटा मोटर्सको नयाँ सवारी साधन, कस्को कति मूल्य ? (फोटोफिचर)

ramesh lamsal

बुधबार, ०८ फागुन २०७५, १४ : २५ मा प्रकाशित

यी हुन् नेपाली बजारमा पाइने टाटा मोटर्सको नयाँ सवारी साधन, कस्को कति मूल्य ?  (फोटोफिचर)

अर्थ संसार, काठमाडौं- नेपालको बजार र उपभोक्ताको आर्थिक अवस्थालाई हेरेर टाटा मोटर्सले विभिन्न मोडलका सवारी साधन बजारमा ल्याएको छ ।

टाटा मोटर्सको नेपालको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा टियागो, टाटा टिगोर, टाटा सुमो गोल्ड, टाटा स्टोर्मी, टाटा हेक्जा, टाटा बोल्ट, टाटा जेष्ट, टाटा एनआरजी, टाटा नेक्सन ब्राण्डका सवारी साधान नेपाली बजारमा ल्याएको छ ।

सिप्रदीका अनुसार टाटा टियागो रिवार्टन एसइको रु २४ लाख ९५ हजार मूल्य रहेको छ । सो सवारी साधनमा पाँच जनाको सिट क्षमता रहेको छ । पेट्रोल सवारीको रुपमा परिचित सो सवारी साधनमा म्याक्स पावर ८४ विएचपी २ ६००० आरपीएम रहेको छ । सो सवारी ११९९ सिसी क्षमताको रहेको छ । टियागो रिवोर्टन एसएमओको मूल्य रु २८ लाख ५५ हजार रहेको छ ।

रिवोर्टन एक्स जेडको रु ३० लाख ९५ हजार मूल्य रहेको छ । सो सवारी ११९९ सिसी रहेको छ । पेट्रोल सवारीको रुपमा नेपाली बजारमा उपलब्ध छ ।

 टाटा टिगोर रिवोर्टन एक्स इको मूल्य रु २७ लाख ५५ हजार रहेको छ । यो सवारी साधान पनि पेट्रोलबाट चल्छ भने ११९९ सिसी क्षमता रहेको छ । टिगोर रवोर्टन एक्स एमओको मूल्य रु २८ लाख ९५ हजार रहेको छ ।

टिगोर रर्वोटन एक्स टीको मूल्य रु २९ लाख ९५ हजार रहेको छ । टिगोर रवोर्टन एक्स जेडको मूल्य रु ३१ लाख ९५ हजार रहेको छ ।टिगोर रिवोर्टन एक्सजेट प्लसको मूल्य रु ३३ लाख ५५ हजार रहेको छ ।

यस्तै टाटा मोटर्सले सुमो ब्राण्डका विभिन्न चार प्रकारका सवारी समेत नेपाली बजारुमा भित्र्याएको छ । त्यसमा टाटा सुमो एसइको मूल्य रु ३४ लाख ५५ हजार रहेको छ । टाटा सुमो गोल्ड टर्वो डिआइ सिएक्स प्लसको मूल्य रु ४० लाख ५५ हजार रहेको छ ।

टाटा सुमो गोल्ड् टर्वो डिआइ इएक्सको मूल्य रु ४२ लाख ५५ हजार रहेको छ । टाटा सुमो गोल्ड टर्वो डिआई जिएक्सको मूल्य रु ४६ लाख ५५ हजार रहेको छ । टाटा सुमो एम्बुलेन्सको मूल्य रु ४१ लाख ३० हजार रहेको छ ।

यस्तै टाटा स्टोर्मीमा दुई प्रकारका सवारी उपलब्ध छन् । त्यसमा टाटा सफारी स्टोर्मी र भिएक्स एलइटी रहेको छ । ती सवारीको मूल्य क्रमशः  रु ६७ लाख ९५ हजार र रु ७३ लाख ५५ हहजार रहेको छ ।  टाटा हेक्जा एक्स टीको मूल्य रु ९१ लाख ५५ हजार रहेको छ ।  टाटा बोल्टमा तीन प्रकारका सवारी उपलब्ध छन् । त्यसमा बोल्ट रिवोर्टन एक्सटीको मूल्य रु ४२ लाख ९५ हजार, टाटा बोल्ड डिजल एक्सएमको मूल्य रु ३२ लाख ९५ हजार रहेको छ । बोल्ड डिजल एक्सटीको मूल्य रु ३५ लाख ५५ हजार रहेको छ ।

यस्तै  टाटा जेष्टमा चार प्रकारका सवारी उपलब्ध छन् । त्यसमा जेष्ट रिवोर्टन एक्एमको मूल्य रु ३२ लाख ९५ हजार, जेष्ट रिवोर्टन एक्स टीको मूल्य रु ३५ लाख ५५ हजार जेष्ट डिजल एक्सएनको मूल्य रु ३५ लाख ९५ हजार, जेष्ट डिजल एक्सटीको मूल्य रु ३८ लाख ९५ हजार रहेको छ ।  टाटा एनआरजी रिवोर्टनको मूल्य रु २९ लाख ९५ हजार रहेको छ । त्यसैगरी  टाटा नेक्सनमा १३ वटा सवारी छन् ।

त्यसमा नेक्सन एक्ईको मूल्य रु ३४ लाख ९५ हजार, नेक्सन एक्सएमको मूल्य रु ३७ लाख ३५ हजार, नेक्सन एक्सजेड प्लसको मूल्य रु ४२ लाख ८५ हजार, नेक्सन एक्सजेड ए प्लसको मूल्य रु ४५ लाख ९५ हजार, नेक्सन एक्सजेड प्लस डुअल टोनको मूल्य रु ४३ लाख ७५ हजार, नेक्सन एक्सएम रु ३९ लाख ९५ हजार रहेको छ ।

नेक्सन एक्सटीको मूल्य रु ४२ लाख ८५ हजार, नेक्सन एक्सजेड प्लसको मूल्य रु ४५ लाख ९० हजार रहेको छ । नेक्सन एक्सजेड ए प्लसको मूल्य रु ४८ लाख ९५ हजार, नेक्सन एक्स जेड प्लस डुअल टोनको मूल्य रु ४६ लाख ९० हजार रहेको छ ।

नेक्सन केआरएजेडको मूल्य रु ३९ लाख ९५ हजार, नेक्सन केआर प्लसको मूल्य रु ४१ लाख ९५ हजार, नेक्सन केआर ए जेड डिजलको मूल्य रु ४३ लाख ८५ हजार रहेको छ । ती सवारी साधन डिजल र पेट्रोल सवारीको रुपमा रहँदा फरक फरक मूल्य तय गरिएको छ ।

तस्विर :  शाश्वत खड्का

5c6d1f577f46b.jpg 5c6d1f5e81169.jpg 5c6d1f64e1031.jpg 5c6d1f73030b2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको