Like us!
Follow us!
Connect us!
Watch us!

पुर्नकर्जाको व्याज १ प्रतिशतले घटाइयो

मंगलबार, ०७ फागुन २०७५, ११ : ३४ मा प्रकाशित

पुर्नकर्जाको व्याज १ प्रतिशतले घटाइयो

अर्थ संसार, काठमाडौ – ब्याज दर घटाउन व्यवसायीको दबाब पछि राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै पुनकर्जाको ब्याज १ प्रतिशत घटाइएको छ ।

सोमबार साझ भएको मौद्रिक नीतिको छलफलले पुर्नकर्जाको ब्याजमा १ प्रतिशत घटाउने निर्णय भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रबैकंका गर्भनर डा.चिरन्जीवि नेपाल र नेपाल उद्योग बाणिज्य महासंघ बीच अर्थमन्त्रालयमा भएको छलफल निश्कर्षविहिन भएपछि समस्या समधानको लागि गर्भनर नेपाललाई अर्थमन्त्रीले निर्देशन दिएका थिए ।

अर्थमन्त्रीको निर्देशन पछि गर्भनर नेपालले मौद्रिक नीतिको छलफलपछि मात्र टुंग्गोमा पुग्ने जवाफ अर्थमन्त्री खतिवडालाई दिएका थिए ।  मौद्रिक नीतिको बैठकले पुनकर्जामा १ प्रतिशत घटाउने निर्णय भएको हो ।

राष्ट्र बैंकको निर्णय अनुसार अव उद्योगीहरुले बढिमा बढिमा ८ प्रतिशतमा ऋण पाउने छन । पुनर्कर्जा कोषलाई रु ३५ अर्बबाट रु ५० अर्ब पुर्र्याइने भएको छ । राष्ट्र बैंकले ६ महिनाअघि २० अर्बको कोषलाई ३५ अर्ब पुगेको थियो ।

अर्थमन्त्री खतिवडा, गर्भनर नेपाल र व्यवसायीहरु बीच सोमबार दिउँसो भएको छलफलमा पुनर्कर्जाको व्यवस्था गर्ने, उत्पादनमुलक उद्योगहरुलाई व्याजदर कम गर्ने विषयमा जोड दिइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको