Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले ल्यायो नयाँ नीति, उत्पादनमूलक क्षेत्रमा जाने कर्जा सस्तो हुने

मंगलबार, ०७ फागुन २०७५, ११ : १२ मा प्रकाशित

राष्ट्र बैंकले ल्यायो नयाँ नीति, उत्पादनमूलक क्षेत्रमा जाने कर्जा सस्तो हुने

अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजी परिचालनका लागि बाह्य तथा दीर्घकालीन स्रोतहरुको पहिचान गर्न सुझाएको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई त्यस्तो निर्देश गरेको हो ।

त्यसका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्रामा लिइने कर्जाको सीमालाई प्राथमिक पुँजीको ५० प्रतिशतबाट बढाएर शतप्रतिशत पुगेको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले दीर्घकालीन प्रकृतिको ऋणपत्रहरु जारी गर्नैपर्ने व्यवस्था समेत गरेको छ भने कल निक्षेपको मात्रा कुल निक्षेपको १० प्रतिशतभन्दा हुन नपाउनेगरी कडाई गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको