Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार निरन्तर ओरालो यात्रामा

सोमबार, ०६ फागुन २०७५, १७ : १० मा प्रकाशित

शेयर बजार निरन्तर ओरालो यात्रामा

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २१ विन्दुले घटेर एक हजार १०२ दशमलव ५१ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत एक दशमलव आठ विन्दुले घटेर २३४ दशमलव ३६ विन्दुमा पुगेको छ । कूल १६१ कम्पनीको आठ लाख ७६ हजार २०८ कित्ता शेयर रु २३ करोड ४५ लाख ९४ हजार ३८१ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका एघार उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ । होटल नौ दशमलव पाँच र उत्पादन उपसमूह शून्य दशमलव २४ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ आठ दशमलव तीन, व्यापार चार दशमलव ७३, विकास बैंक ११ दशमलव २४, जलविद्युत् १२ दशमलव ५३, वित्त शून्य दशमलव ३६, निर्जीवन बीमा १२ दशमलव ८८, अन्य नौ दशमलव ६४, लघुवित्त छ दशमलव ७४ र जीवन बीमा १९ दशमलव शून्य आठ विन्दुले घटेको छ ।

घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले नौ दशमलव ९५ प्रतिशत, हिमालयन ड्रिस्टीलरी तीन दशमलव ८३, नेबिल बैंक संस्थापक शेयर तीन दशमलव१८ प्रतिशतले कमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको