Like us!
Follow us!
Connect us!
Watch us!

सम्सारा रेमिट र नेशनल एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

सोमबार, ०६ फागुन २०७५, ११ : ५८ मा प्रकाशित

सम्सारा रेमिट र नेशनल एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

अर्थ संसार, काठमाडौं– सम्सारा रेमिटप्रा.लि. ले खाडी मुलुकमा आफ्नो सेवालाई अझै बिस्तार गर्दै जाने क्रममा कतार स्थित रेमिट्यान्स कम्पनी नेशनल एक्सचेन्ज (NATIONAL EXCHANGE CO.W.L.L.) सँग विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धि द्धिपक्षीय सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा सम्सारा रेमिट प्रा.लिको तर्फबाट डाइरेक्टर–व्यवसाय प्रवन्धक सुरज क्षेत्री र नेशनल एक्सचेन्जको तर्फबबाट महाप्रवन्धक मोहमद मुस्ताफाले सम्सारा रेमिट प्रा.लिको मुख्य कार्यालयमा एक कार्यक्रमबीच हस्ताक्षर गर्नुभयो ।

उक्त कार्यक्रममा  नेशनल एक्सचेन्जका प्रमुख संचालक साईद अलिको पनि उपस्थित रहेको थियो । हस्ताक्षरपछि नेशनल एक्सचेन्जका महाप्रवन्धक  मोहमद मुस्ताफाले भन्नु भयो–“सम्सारा रेमिट प्रा.लि.ले कतारमा आफ्नो छुट्टै पहिचान बनाइसकेको हुदाँदुई कम्पनीबीचको सहकार्यले गर्दा आउने दिनमा ग्राहकले विशिष्ट सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

”उक्त सहकार्यले सम्साराको कतारमा थप सञ्जाल विस्तार भएको छ । यस सम्झौता अनुसार कतारमा रहेका नेपालीहरुले आफुले कमाएको रकम नेशनल एक्सचेन्जको ५ (पाँच) वटा शाखाबाट सजिलै सँग नेपालमा पैसा पठाउन सक्नेछ ।सो रकम सम्सारा रेमिटको नेपालै भरी रहेको ५६०० भन्दा बढी सब एजेन्टहरु मार्फत नगद भुक्तानी लिन सक्नेछन र रकम बुझिलिने व्यक्ति (Beneficiary) को नेपालमा कुनै पनि बैक तथा वित्तिय संस्थाहरुमा रहेको खातामा रकमजम्मा गराइदिने समेत व्यवस्था गर्दछ ।

सम्सरा रेमिट २०६३ सालमा स्थापना भइविश्वका सबैजसो देशहरुबाट नेपाली कामदारहरुले कमाएको रकम विदेशी मुद्रामा भित्र्याउने कार्यगर्दै आएको छ ।

यो कम्पनीले एक्सप्रेस मनी (Express Money), ,मनीग्राम (Money Gram) वल्र्ड रेमिट (World Remit) , इन्स्ट्यान्ट क्यास (Instant Cash) र ट्रान्सफास्ट (Transfast) जस्ता विश्व प्रशिद्ध कम्पनीहरु सँग सहकार्य गरी विदेशमा रहेका नेपालीहरुलाई विप्रेषण सम्बन्धि सेवाविगत दश वर्ष देखी सुलभर सजिलो सँग प्रदान गर्दे आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको