Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशियाको तीन महिनाको नाफा ४७ करोड

बुधबार, ०५ माघ २०७३, १४ : ०९ मा प्रकाशित

एनआइसी एशियाको तीन महिनाको नाफा ४७ करोड

अर्थ संसार

काठमाडौं–एनआईसी एसिया बैंकको वितेको ७ महिनामा ४७ करोड रुपैयाँ नाफा गरेको छ । चालु आर्थिक बर्षको पहिलो ३ महिनामा २६ करोड १० लाख रुपैयाँ नाफा गरेको बैंकले बैंकले पुस मसान्तसम्म ७२ करोड १४ लाख रुपैयाँ नाफा गरेको विवरण सार्बजनिक गरेको छ । 

यस अबधिमा बैंकको निक्षेप परिचालन, कर्जा लगानी बढेको देखिएको छ । बैंकले वितेको ६ महिनामा ७९ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ४२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकले आर्थिक बर्षको पहिलो तीन महिनामा ७२ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । 

बैंकको धेरै लगानी यस अबधिमा ओभर डाफटमा देखिएको छ । यसमा बैंकले २७ अर्ब ५९ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात १ प्रतिशतभन्दा तल झरेको छ । बैंकको कस्ट अफ फण्ड ४.४ प्रतिशत, सीडी रेसियो ७८.४ प्रतिशत निक्षेप तथा कर्जा लगानीबीचको अन्तर ३.३ प्रतिशत देखिएको छ । यस अबधिमा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ रहेको विवरणमा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको