Like us!
Follow us!
Connect us!
Watch us!

रैराङ हाइड्रोपावरको नाफामा छलाङ्ग

शुक्रबार, ०३ फागुन २०७५, १७ : २८ मा प्रकाशित

रैराङ हाइड्रोपावरको नाफामा छलाङ्ग

अर्थ संसार, काठमाडौं–  रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफामा छलाङ्ग मार्न सफल भएको छ ।

कम्पनीले यस त्रैमाससम्म ७४ लाख ३१ हजार खुद नाफा कमाएको छ । जुन अघिल्लो सोही अवधिमा १० लाख ६३ हजार खुद नाफा कमाएको  थियो । यसरी हेर्दा कम्पनीले खुद नाफामा ६ गुणा वृद्धि भएको छ ।

कम्पनीले विद्युत विक्रीबाट  १६ लाख ६७ हजार आम्दानी गरेको छ । कम्पनीको चुक्तापूँजी  ५६ करोड रहेको छ । साथै, जगेडा कोषमा  ३८ लाख ९२ हजार रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी (वार्षिक)  ५ दशमलव ३१ र तरलता अनुपात ९ दशमलव १५ प्रतिशत रहेको छ ।

5c66aa26a823f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको