Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं मल अब सञ्चय कोष आफैले सञ्चालन गर्ने, के होला व्यापारीको भविष्य ?

शुक्रबार, ०३ फागुन २०७५, १२ : ३७ मा प्रकाशित

काठमाडौं मल अब सञ्चय कोष आफैले सञ्चालन गर्ने, के होला व्यापारीको भविष्य ?

अर्थ संसार, काठमाडौं– काठमाडौंको सुन्धारामा रहेको काठमाडौं मल कर्मचारी सञ्चय कोष आफैले सञ्चालन गर्ने तयारी गरेको छ ।

कोषले पसल–कवल भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारीलाई हटाउन लागेको छ  । कोषले काठमाडौं मल आफैले सञ्चालन गर्न लागेको कोषले जनाएको छ ।

डन राजु गोरखालीले ठेक्का लिएर चलाएदेखि थला परेको काठमाडौं मलमा भएका सबै पसल हटाएर अब बैङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालयजस्ता कर्पोरेट अफिसलाई मात्र भाडामा दिने तयारी गरिएको छ ।

काठमाडौं मलमा समस्या आएपछि कोषले नै  सञ्चालन गर्ने तयारी थालेको छ । गत पुसदेखि गोरखाली पक्षसँगको ठेक्का तोडिएको थियो ।  डन गोरखालीका कारण एकातिर भवनको बेहाल भएको थियो भने अर्कोतर्फ जथाभावी भाडा असुलेर व्यापारीको भागाभाग भएको थियो ।

गोरखालीसँग ठेक्का तोडिएपछि मलमा भएका केही व्यापारीले राजनीतिक शक्ति प्रयोग गरी समिति बनाएर सोही समितिमार्फत कोषको भवन चलाउने चलखेल गर्दै आएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको