Like us!
Follow us!
Connect us!
Watch us!

‘भ्यालेन्टाईन्स डे विथओपो’ कन्टेष्टका विजेता घोषित

बुधबार, ०१ फागुन २०७५, १३ : ४६ मा प्रकाशित

‘भ्यालेन्टाईन्स डे विथओपो’ कन्टेष्टका विजेता घोषित

अर्थ संसार, काठमाडौं– सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले ‘भ्यालेन्टाईन्स डे विथओपो’ कन्टेष्टका विजेताहरुको घोषणा गरेको छ ।

ओपोले भ्यालेन्टाईन्स डे र यसलाई रुचिपूर्वक मनाउने यूवाजमातलाई लक्षितगर्दै यो कन्टेष्टको घोषणा गरेको हो । फेबु्रअरी ५ देखि ११ सम्म कम्पनीको आधिकारिक सामाजिक सञ्जाल (फेसबुक र ईन्स्टाग्राम) मार्फत सञ्चालित उक्त कन्टेष्टमा यूवा जमातको चाखलाग्दो सहभागिता देखिएको थियो ।

प्रतियोगितामा सहभागिताका लागि ईच्छुकले कम्पनीको आधिकारिक फेसबुक वा ईन्स्टाग्राम पेजमा आफ्ना प्रियजनसंग आफ्नो एक तस्विर ह्याशट्यागओपोडेट र ह्यासट्यागओपोएनपीको अनिवार्य प्रयोग सहित पोष्ट गर्न आग्रह गरिएको थियो । सहभागी मध्य प्रतिना प्रधान र आयुश कार्की कन्टेष्टका विजेताका रुपमा छनोटमा परेका छन् । दुबै विजेताले कम्पनीका तर्फका फेब्रुअरी १४, भयालेन्टाइन्स डेका दिनमा दूई–दूई जनाका लागि  पूर्ण प्रायोजित ‘आपो डेट’ जितेका छन् ।

‘स्थानिय तथा अन्तरराष्ट्रिय विशेष अवसरलाई दृष्टिगत गर्दै आयोजित यस्ता प्रतियोगितालाई हामीले आफ्ना उपभोक्तासंग नजिकिने सटिक माध्यमका रुपमा लिने गरेका छौँ । वैश्विक ब्राण्डका रुपमा हामी स्थानियकरणलाई विशेष प्राथमिकता दिने गर्छौँ ।’

कन्टेष्टका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने , ‘करिव महिना अन्तरालमा आयोजना हुने यस्ता प्रतियोगितामा उपभोक्ताका आशाजनक सहभागिताले हामीलाई भविष्यमा अझ रमाइला तथा आकर्षक कन्टेष्टको आयोजना गर्ने थप हौसला प्रदान गरेको छ ।’

ओपो नेपालले लामो समयदेखि स्थानिय तथा अन्तरराष्ट्रिय महत्वका अवसरहरु लक्षित गर्दै यस्ता प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । विशेष गरी यूवाहरु माझ यस्ता प्रतियोगिता लोकप्रिय रहेका छन् ।

5c63cf7ba65fb.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको