Like us!
Follow us!
Connect us!
Watch us!

जुत्ताचप्पलको बिग सेल माघ ९ गतेसम्म

बुधबार, ०५ माघ २०७३, १० : ५० मा प्रकाशित

जुत्ताचप्पलको बिग सेल माघ ९ गतेसम्म

अर्थ संसार
काठमाडौं–नेपाली जुत्ताघरको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा भईरहेको बिग सेल मेला माघ ९ गतेसम्म चल्ने भएको छ ।मेलामा विभिन्न कम्पनीले जाडो याम लक्षित गरि नयाँ डिजाइनका जुत्तासमेत बिक्रिमा राखेका छन् । कम्पनीहरुले यस सिजनमा बनाएका नयाँ डिजाईनका जुत्ता बिग सेल मेलामा मात्र उपलब्ध गराइएको दावी गरेका छन् ।

यी जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा १५ प्रतिशतदेखि ७५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको उनीहरुको दावी छ । मेलामा १ सय ५० रुपैयाँदेखि १० हजारसम्मका जुत्ताचप्पल राखिएको छ ।मेलाको अन्त्यतिर धेरै भिड हुने भएकाले सकेसम्म केहि दिनअगावै मेलामा आउँदा छानी छानी विभिन्न कम्पनीका जुत्ता खरिद गर्न सकिने जुत्ता घरले जनाएको छ ।

यस वर्षको मेलामा विगतभन्दा अझ बढी अवलोकनकर्ता आएको जुत्ताघरका अध्यक्ष रामकृष्ण प्रसाईले बताए । उनले सन्तुष्ट ग्राहकले नेपाली जुत्ताप्रति देखाएको अगाध विश्वासलाई पूँजीको रुपमा लिँदै आगामी दिनमा नयाँ डिजाइन र गुणस्तर उत्पादनका लागी थप उर्जा प्राप्त गरेको उनले बताए ।नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्न, नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुर्यायन र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्न मेलामा सीमित डिजाईनका जुत्ताचप्पल लागतभन्दा कम मूल्यमा बिक्री गरिएको जुत्ता घरको दावी छ । 

मेलामा शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली, टाकुरा सुज, शु ल्याण्ड, सप्mट टच, फुटल्याण्ड, ईजी सुज् र टम टेलरजस्ता नेपाली ब्राण्डका अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुट, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस् तथा लेडिज स्याण्डलहरु यस एक्स्पोमा उपलब्ध रहेको कम्पनीको छन् ।राष्ट्रिय नाचघरस्थित मुख्य सोरुमसहित जुत्ताघरले महाराजगञ्ज, ललितपुरको कुमारीपाटी र बुद्धमल बालाजुमा गरी ४ वटा बिक्री कक्ष सञ्चालन गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको