Like us!
Follow us!
Connect us!
Watch us!
मुआब्जालगायतको विवादले आयोजना ११ बर्ष ढिला

पूरा भयो खिम्ती–ढल्केबर प्रसारण लाइन, भारतको विजुली अब सिधै काठमाडौं

मंगलबार, ०४ माघ २०७३, १७ : ५६ मा प्रकाशित

पूरा भयो खिम्ती–ढल्केबर प्रसारण लाइन, भारतको विजुली अब सिधै काठमाडौं

अर्थ संसार

काठमाडौं–लामो समयदेखि विभिन्न अबरोध झेल्दै आएको खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण सकिएको छ । यसमा विद्युत परीक्षण प्रसारण सुरु भएको छ ।  यस प्रसारण लाइनबाट भारतबाट आयातित विद्युत् ढल्केबर–खिम्ती– लामोसाँघु हुँदै काठमाडौँ भित्र्याउन सहज हुन्छ । 

विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको उक्त आयोजना तोकिएको समयभन्दा ७ बर्ष ढिला पूरा भएको हो । आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ति, मुआब्जा वितरणलगायतका समस्याले निर्माणमा ढिलाइ भएको हो । सिन्धुलीको रतनचुरा, सिन्धुलीमाडीलगायतका स्थानमा स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर पटकपटक आयोजना अवरुद्ध गर्दै आएका थिए। 

समयमै प्रसारण लाइन बन्न नसक्दा नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मा पाएको ‘कालपत्रे पावर’ ट्रान्समिसन र ‘मुडभरी एन्ड जेभी’ लाई मासिक ११ लाख रुपैयाँ हर्जना तिर्दै आएको थियो। सन् २०११ देखि हालसम्म प्राधिकरणले बैंक ग्यारेन्टी, बिमा, सामान भण्डारण शुल्कबापत ६ करोड ६० लाख रुपैयाँ तिरिसकेको छ।  विश्व बैंकको २ अर्ब १५ करोड ६० लाख ऋण सहयोगमा उक्त आयोजना सन् २००६ मा सुरु भएको हो। 

प्रसारण लाइन सम्पन्न भएपछि बर्सेनि चुहावट भइरहेको १ अर्ब रुपैयाँ बराबर प्राधिकरणलाई फाइदा हुनेछ। विद्युतको प्राविधिक चुहावटका कारण १० मेगावाटभन्दा बढी विद्युत् खेर गइरहेको छ। करिब ७३ किलोमिटर दुरी रहेको आयोजना निर्माण भएपछि खिम्ती काठमाडौँ भरतपुर हुँदै तराई जोड्ने २ सय ५० किलोमिटर लामो दुरी पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ।

यस प्रसारण लाइनबाट माथिल्लो तामाकोसी र दोलखालगायतका जिल्लामा उत्पादन भएको विद्युतसमेत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिने छ । 

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आयोजनास्थलबाट खिम्तीसम्मको प्रसारण लाइनको निर्माण सुरु गरिसकेको छ । यस प्रसारण लाइनबाट करिब ५ सय ५८ मेगावाट विद्युत् प्रवाह हुनेछ। प्रसारण लाइन दोलखाको सहरे गाविसबाट सुरु भई रामेछाप, सिन्धुली र महोत्तरीहुँदै धनुषाको ढल्केबरमा रहेको सव स्टेसनमा जोडिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको