Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बिल्डकन अन्तर्रा्ष्ट्रि प्रदर्शनी शुरु (फोटोफिचर)

शुक्रबार, २५ माघ २०७५, १६ : ५१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा पाँचौं ‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी २०१९’ शुक्रबारदेखि शुरु भएको छ ।

मिडिया स्पेस सोलुशन्स र भारतीय कम्पनी फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त प्रयास पाँचौं प्रदर्शनी आयोजना गरिएको हो । मेलाको उद्घाटन  शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले गर्नु भएको थियो ।

माघ २७ गतेसम्म चल्ने मेलामा विश्वभरका ३ सय कम्पनीका सहभागी  भएको छ । १ सय ५० ओटा  स्टल रहने एक्स्पामा निर्माण क्षेत्रका सम्पूर्ण सामग्रीहरु पाइनेछ ।  

घर निर्माणदेखि घरभित्र कुनै पनि सामग्री परिवर्तनका लागि समेत मेलामा सामग्रही पाइने छ । प्रदर्शनीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका कन्स्ट्रक्शन कम्पनीको सहभागिता रहेको छ ।

मेलाको स्टलमा निर्माण कम्पनी, डिलर, सव डिलर र विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनको बारेमा जानकारी गराउनेछन् । प्रदशनीमा सहभागि हुने नेपाली तथा विदेशी कम्प्नीको अनुपात ५०\५० प्रतिशत आयोजकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको