Like us!
Follow us!
Connect us!
Watch us!

गलैंचा प्रदर्शनी हेर्न बाणिज्य मन्त्री दलबलसहित ह्यानोभरमा

मंगलबार, ०४ माघ २०७३, १७ : ३४ मा प्रकाशित

गलैंचा प्रदर्शनी हेर्न बाणिज्य मन्त्री दलबलसहित ह्यानोभरमा

अर्थ संसार

काठमाडौं– वाणिज्य मन्त्री रोमी गौचन थकाली जर्मनीको ह्यानोभरमा आयोजित गलैँचाको विश्व प्रदर्शनी (टोमोटेक्स) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् । मन्त्री थकालीले सरकारका उच्च पदाधिकारीहरुका साथ नेपाली पेभेलियनको अवलोकन गरेका थिए । प्रदर्शनीमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको समन्वयमा नेपालका तीन वटा ठूला कार्पेटका स्टल राखिएका छन् ।

विश्वभरबाट ६० भन्दा बढी मुलुकका १ हजार ३ सय ५० अन्तर्राष्ट्रिय स्तरका गलैँचा उत्पादकहरूले भाग लिइरहको प्रदर्शनीमा नेपालको प्रमुख निर्यात वस्तुका रूपमा रहेको हाते गलैँचा राखिएको छ । प्रर्दशनीको दौरान सोमबार नेपाल साँझ कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाल तथा युरोपका गलैँचा द्यमी/व्यवसायी, गलैँचा निर्यात तथा आयातकर्ताहरुलगायत जर्मनीका विशिष्ट उद्यमी, व्यवसायी र पदाधिकारी त्यस कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा मन्त्री थकालीले नेपालको प्रमुख निर्यात वस्तुको रुपमा रहेको गलैँचाको दिगो विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । 

यो पनि पढ्नुहोस्

उद्यमशिलता विकास गर्न इन्जिनियरिङ एसोसिएशनले सरकारलाई सघाउने 

कृषि विकास बैंकले सुरु गर्यो मोबाईल बैंकिङरकम ट्रान्सफर, स्टेटमेन्ट तथा चेकबुक 

सिद्धकाली पावरले माग्यो इन्जिनियरदेखि चार्टर्ड एकाउन्टेन्टसम्म 

अधिकांश कम्पनीको सेयर मूल्य घट्यो, कारोबार रकमसमेत ३४ करोडमै सीमित

नेपाल धितोपत्र बोर्डले माग्यो १४ जना कर्मचारी 

सुन तस्करीको आरोप लागेपछि अर्थमन्त्री महराको सचिवालयले गर्यो खण्डन

नेपाल लाइफको एफपिओमा १२ गुणा आवेदनबजारमा नगद अभाव चुलिएका बेला थुप्रियो ५२ अर्ब

राष्ट्रपतिकी छोरीको बिहेमा पूर्वराष्ट्रपति जन्ती, पूर्वराजा घरगाउँले (फोटो फिचर)

विवादका कारण सिंहदरबार निर्माण अलपत्र 

कति होलान् अमेरिकामा नेपाली ?एनआरएनएको अध्ययन टोली भन्छः २३११४१

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको