Like us!
Follow us!
Connect us!
Watch us!

१५ औं वार्षिक उत्सवमा नेपाल टेलिकमले ल्यायो अफरै अफर !

मंगलबार, २२ माघ २०७५, १७ : ४१ मा प्रकाशित

१५ औं वार्षिक उत्सवमा नेपाल टेलिकमले ल्यायो अफरै अफर !

अर्थ संसार, काठमाडौं–  दूर संचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिक उत्सवको अवसर पारेर विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित १५ औं वार्षिक उत्सव कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले माघ २२ गतेदेखि एक महिनासम्मका लागि लागू हुने गरी एनडी मोवाईल एप डाउनलोड र रजिष्ट्रेशनमा निःशुल्क एक सय एमडी डाटा उपलब्ध गराउने लगायतका प्याकेज तथा छुटको व्यवस्था गरिएको जानकारी गराउनु भएको हो ।

सोही योजना अनुसार कम्पनीले माघ २३ गतेदेखि लागू हुने गरी फागुन ८ गतेसम्म रजिष्टर हुने नयाँ पोष्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जिवी अलटाईम डाटा र सय मिनेटसम्म भ्वाईस बोनस दिने घोषणा पनि गरेको छ ।

प्रबन्ध निर्देशक अधिकारीले पोष्टपेडका ग्राहकलाई नौं सयको रिचार्जको प्याकेजमा प्रतिमहिना ३ दशमलव ३ जिबी डाटा र ५ सयको रिचार्जमा फ्रि रिसोर्स उपलब्ध गराउने पनि जानकारी दिनुभयो । त्यसै गरी टेलिकमले आफ्नो वार्षिक उत्सवको अवसर पारेर टुरिष्ट प्याकेज अन्तरगत ५ सय रुपैयाँमा ५ जिबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाईस कल र सय रुपैयाँको अन्तराष्ट्रिय कल समेत गर्न सकिने छुटको पनि व्यवस्था गरेको छ ।

प्रबन्ध निर्देशक अधिकारीले २०७४ सालको असार मसान्तसम्म टेलिफोनको बक्र्यौता तीर्न बाँकि रहेका ग्राहकहरुले २०७६ असार मसान्तसम्म बुझाएमा जरिवाना छुट गर्ने व्यवस्था पनि वार्षिक कार्यक्रमको अवसरमा गरिएको बताउनु भयो । नेपाल टेलिकमले नेत्रहिन नागरिकहरुलाई पनि सिडिएम र जिएमएस सेवामा पनि भारी छुटको व्यवस्था गरेको छ ।

त्यसै गरी  अबदेखि नेपाल टेलिकमको प्रिपेड मोबाइल सेवामा अन्तर्राष्ट्रियरोमिङ सुविधा उपलब्ध हुने भएको छ । यसका लागि आज आउटबोण्ड रोमिङ सफ्ट लन्च भएको छ । एनटिसीले आफ्नो १५ औ बार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोबाइल सेवामा पनि रोमिङ शुरु गर्न लागेको  हो ।

यसअघि कम्पनीको नेटवर्कमा विदेशी अपरेटरका ग्राहक तथा कम्पनीका पोष्टपेड ग्राहकलाई मात्र विदेशी अपरेटरको नेटवर्कमा रोमिङ सेवा प्रदान गरेको थियो । आजदेखि भने यो सेवा प्रिपेडमा पनि लागू भएको छ ।

टेलिकमले पहिलो चरणमा भारत र चीनमा यो सेवा उपलब्ध हुने जनाएको छ । यसमा कुनै धरौटीको व्यवस्था छैन । यद्यपि, पहिलेदेखि अन्तर्रा्ष्ट्रिय रोमिङ कल सुविधा पाउँदै आएका पोष्टपेड ग्राहकले भने १० हजार धरौटी राख्नुपर्ने व्यवस्था जनवरी १ बाट लागू भएको छ । यसअघि ३० हजार रुपैयाँ धरौटी राख्नुपर्थ्यो ।

5c597ec3e0367.jpg 5c597ec6a234a.jpg 5c597ec99f7eb.jpg 5c597ed43c06b.jpg 5c597ed4ba8e0.jpg 5c597ed697700.jpg 5c597ed6d0269.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको