Like us!
Follow us!
Connect us!
Watch us!

शैक्षिक गुणस्तर अभिबृद्धिको लागि टिच फर नेपालसँग संझौता

आइतबार, २० माघ २०७५, १६ : ३२ मा प्रकाशित

शैक्षिक गुणस्तर अभिबृद्धिको लागि टिच फर नेपालसँग संझौता

अर्थ  संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडर टिच फर नेपालबिच शैक्षिक गुणस्तर अभिबृद्धि कार्यक्रममा सहकार्य सम्बन्धी आइतबार  संझौता सम्पन्न भएको छ ।

संझौता पत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत  शिशिर खनालले हस्ताक्षर गर्नुभयो ।

टिच फर नेपालले ग्रामिण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षकहरु खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ । हालटिच फर नेपालले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको ग्रामिण क्षेत्रका ५१ विद्यालयमा ११०जना फेलो (प्रद्यार्थी) शिक्षकहरु मार्फत करिव १० हजार विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिमा कार्य गरिरहेको छ ।

संझौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई बार्षिक रु. ५ लाख प्रदान गर्नेछ । उक्तकोषबाट टिच फर नेपालले विद्यालयहरुमा महत्वपूर्ण विषयका दक्ष जनशक्तीलाई Fellow शिक्षकको रुपमा खटाउने छ, यसरी खटाइएका फेलो शिक्षकहरु शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने कार्यमा सरिक हुनेछन् ।

बैंकले यस सहयोगबाट ग्रामिण क्षेत्रका विद्यालय र सहरी क्षेत्रका विद्यालयको बिचमाहुने शैक्षिक असमानता कम गर्न महत्वपूर्ण सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको