Like us!
Follow us!
Connect us!
Watch us!

उदपुर सिमेन्ट र नेपाल औषधी लिमिटेडमा महाप्रबन्धक नियुक्तिको प्रक्रिया सुरु

विहीबार, १७ माघ २०७५, ११ : २७ मा प्रकाशित

उदपुर सिमेन्ट र नेपाल औषधी लिमिटेडमा महाप्रबन्धक नियुक्तिको प्रक्रिया सुरु

अर्थ संसार, काठमाडौं – सरकारले दुईटा संस्थानमा महाप्रवन्धकको नियुत्ति प्रक्रिया सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल औषधी लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा रित्त महाप्रवन्धकको नियुक्ति गर्न लागेको हो ।

यसअघि नेपाल औषधीबाट डा. रोवसकुशम सुवेदी र उदयपुरका सुरेन्द्र पौडेलले राजीनामा गरेपछि रित्त महाप्रवन्धको पदपुर्ति गर्न लागेको हो । महाप्रन्धकका लागि गठित सिफारिश समितले फागुन २ गतेभित्र आवेदन दिन भनेको छ ।

दुबै संस्थानको महाप्रवन्धक हुन स्नातकोत्तर तह उत्तिर्ण गरेको, कम्तिमा ३ वर्ष कार्यअनुभव भएको र ३० वर्ष उमेर पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । व्यवसायीक कार्ययोजना र केस स्टडी प्रस्तुतिकरण गर्नुपर्ने शिफारिश समितिले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको