Like us!
Follow us!
Connect us!
Watch us!

निर्माण हुने भयो धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सम्झौतामा हस्ताक्षर (फोटोफिचर)

बुधबार, १६ माघ २०७५, १७ : ३९ मा प्रकाशित

निर्माण  हुने भयो धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,  सम्झौतामा हस्ताक्षर (फोटोफिचर)

अर्थ संसार, काठमाडौं –  धुर्मुस सुन्तली फाउण्डेशनले ३ अर्ब लागतमा चितवनको भरतपुर महानगरपालिकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ ।

काठमाडौँमा बुधबार आयोजित कार्यक्रममा उक्त रंगशाला निर्माण गर्ने सम्बन्धी द्विपक्षीइ सम्झौतामा भरतपुर महानगरपालिकाका प्रमुख रेणुु दाहाल र फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले हस्ताक्षर गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा, युवा तथा खेलकूद मन्त्री जगतबहादुर सुनार, नेपाली काँग्रेसका महामन्त्री संशाक कोइराला लगायतको उपस्थितीमा उक्त सम्झौता भएको हो । भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनको सहकार्यमा उक्त रंगशाला निर्माण हुनेछ । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले रङ्गशाला निर्माणको घोषणा गर्नुभएको हो ।

त्रिभुवन विश्वविद्यालय कृषि तथा वन विज्ञान सङ्कायअन्तर्गत रहेको २० बिघा ६ कठ्ठा जमिनमा रङ्गशाला बन्नेछ । ६ महिनाभित्रमा सम्पूर्ण पूर्वाधार तयार गरी आगामी दुई वर्षभित्रमा काम सम्पन्न गरी महानगरपालिकालाई जिम्मा दिने फाउन्डेसनको तयारी छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले यसअघि पारी बस्ती, गिराञ्चौर बस्ती, मुसहर बस्ती एवम् सन्तपुर बस्ती जस्ता एकीकृत बस्ती निर्माण गरिसकेको छ । नेपाललाई खेलकूदको केन्द्र बनाउने सके रोजगारीको सिर्जना हुने र राष्ट्रलाई आर्थिक आम्दानी गराउँदै , खेलको माध्यमबाट राष्ट्र राष्ट्रबीच सम्बन्ध जोड्नुका साथै देशको नाम अन्तराष्ट्रिय जगतमा अझै उच्च बनाउन सकिने फाउण्डेशनको भनाइ छ ।

रंगशालामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, बहुउद्देश्यिय स्पोर्टस एकेडेमी निर्माण गरिनुका साथै अन्य खेलका लागि समेत सुविधा सम्पन्न स्थल निर्माण गरिनेछ । कामलाई पारदर्शी बनाउन सल्लाहकार समिति, मूल समिति, निर्माण तथा व्यवस्थापन समिति, कानूनी समिति,आर्थिक समिति तथा प्राविधिक समिति बनाइएको छ ।

5c5198da72919.jpg 5c5198df3d8d8.jpg 5c5198ea1b950.jpg 5c5198f119ca4.jpg 5c5198f5ed1da.jpg 5c51990c023e9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको