Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा

ramesh lamsal

मंगलबार, १५ माघ २०७५, १२ : ०२ मा प्रकाशित

घट्यो नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा

अर्थ संसार, काठमाडौं – नेपाल इनभेष्टमेन्ट बैंकको नाफा घटेको छ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा बैंकको नाफा रु ११ करोडले घटेको हो ।

पुस मसान्तसम्ममा बैंकले रु १ अर्ब ७२ करोड नाफा आर्जन गरेको छ । जबकी गत आवको सोही अवधीमा बैंकको नाफा रु १ अर्ब ८३ करोड थियो ।

बैंकले पछिल्लो ३ महिनामा निक्षेप पनि रु १ अर्ब मात्रै वृद्धि गर्न सफल भएको थियो । असोज मसान्तमा रु १ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आईपुग्दा बैंकको निक्षेप जम्मा रु १ अर्बले बढेर रु १ खर्ब ४२ अर्ब मात्रै पुगेको छ । रु १२ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा पनि रु १२ अर्ब नै रहेको छ ।

बैंकले एक अर्ब निक्षेप वृद्धि गर्दा कर्जा लगानी भने रु ३ अर्बले वृद्धि गरेको छ । असोजमा बैंकको कर्जा लगानी रु १ खर्ब २४ अर्ब थियो जुन पुस मसान्तमा आईपुग्दा रु १ खर्ब २७ अर्ब भएको छ । बैंकको सिडी रेसियो भने ७६.४३ प्रतिशत रहेको छ ।

बैंकले रु ७ अर्ब ६६ करोड ब्याज आम्दानी गरेर रु ४ अर्ब २९ करोड ब्याज खर्च गर्दै खुद ब्याज आम्दानी रु ३ अर्ब ३५ करोड रुपैंयाँ गरेको देखिन्छ ।

बैंकको आधार ब्याजदर ८.९६ प्रतिशत छ भने स्प्रेड दर ४.२४ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १९५.१३ रुपैंयाँ रहँदा प्रति सेयर आम्दानी भने १६.१५ रुपैंयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको