Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन लाइफको १ अर्ब ८० करोडको आइपिओ माघ २२ गतेदेखि बजारमा,‘ग्रेड ४’ रेटिङ

मंगलबार, १५ माघ २०७५, ११ : ४९ मा प्रकाशित

ग्रीन लाइफको १ अर्ब ८० करोडको आइपिओ माघ २२ गतेदेखि बजारमा,‘ग्रेड ४’ रेटिङ

अर्थ संसार, काठमाडौं – ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले साधारण  शेयर (आइपिओ) माघ २२ गतेदेखि  बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीको लागि १८ लाख कित्ता अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको साधारण शेयर निश्कासन गर्ने लागेको हो ।

इच्छुक लगानीकर्ताले आइपीओमा न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । दोलखा जिल्लामा १ मेगावाटको खानीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

ग्रीनलाइफको आइपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ । यो रेटिङले त्यति राम्रो संकेत भने होइन । कम्पनीको प्रतिफल लिन लगानीकर्ताले लामै समय कुर्ने पर्ने देखिन्छ । यसमा बिक्री प्रबन्धकको काम काठमाडौं क्यापिटल मार्केटले गर्नेछ । स्थानीयवासीपछि सर्वसाधारणलाई पनि आइपिओ निश्कासन गर्ने तयारी गरिरहेको छ ।

कुन गाउँपालिकालाई कति कित्ता ?

कम्पनीले अयोजना प्रभावित स्थानीयवासीलाई तीन तहमा विभाजन गरी शेयर विक्री गर्ने निर्णय गरेको छ । जसमा क ख र ग भागमा विभाजित गरेको छ । शेयरका लागि दोलखा जिल्लाका गैरिशंकर र विगु गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् ।

 क समूह
 
कम्पनीले समूह क, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बुका बासिन्दालाई ५ लाख ४० हजार कित्ता ३० प्रतिशत शेयर छुट्याएको छ ।

ख समूह

समूह ख, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिन्दाका लागि ७ लाख २० हजार  ४० प्रतिशत  कित्ता सेयर छुट्याइएको छ ।

ग समूह

समूह ग, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु, वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता (३०५) सेयर छुट्याइएको छ ।

आवेदन अन्तिम म्याद कहिले ?

कम्पनीले निश्कासन गरेको साधारण शेयरमा इच्छुक स्थानीयवासेले फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रमा आवेदन नपरेमा भने फागनु २७ गतेसम्म भर्न सकिनेछ ।

कहाँबाट आवेदन दिने ?

स्थानीयवासीले सेन्चुरी कमर्सियल बैंक सिंगटी र चरीकोट शाखा तथा प्राइम बैंकको जिरी अनि बैतेश्वर शाखाबाट पनि आवेदन दिन पाइनेछ । यस्तै, ग्रीनलाइफको आयोजन स्थलबाटै पनि आवेदन दिन पनि सकिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको