Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्टले ४० % दिँदा सिटिजन्सले ५.२६%, कुन बैंकको कति लाभांश ? (सूचिसहित)

मंगलबार, ०८ माघ २०७५, १५ : ०० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्टले ४० %  दिँदा सिटिजन्सले ५.२६%, कुन बैंकको कति लाभांश ? (सूचिसहित)

अर्थ संसार, काठमाडौं– नेपला स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएका २७ वटा वाणिज्य बैंकमध्ये अहिलेसम्म २३ वटा बैंकले लाभांश घोषणा गरेका छन् । यी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

घोषणा गरेकामध्ये १६ वटा बैंकले बार्षिक साधारणसभाबाट लाभांस पारित गरिसकेका छन् । केही बैंकले त शेयरधनीको खातामा लाभांश समेत जम्मा गरिसकेका छन् । लभांश गर्ने बैंकमध्ये सवै भन्दा धेरै  लाभांश नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले घोषणा गरको छ । सो बैंकले १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश साधारणसभाबाट पारित समेत गरिसकेको छ  ।

यता, लाभांश घोषणा गर्ने बैकहरुमध्ये सवै भन्दा कम  सिटिजन्स बैंकको लाभांश रहेको छ । बैंकले ५ दशमलव २६ प्रतिशत लाभांश घोषणा गरकोे थियो । गत पुस ३० गतेको साधारणसभाले ३ दशमलव ६२ प्रतिशत बोनस र १ दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

 साधारणसभाबाट लाभांश पारित गर्ने बैकहरु

नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबि बैक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक,  हिमालयन बैंक,   सानिमा बैंक, सिद्धार्थ बैंक, सनराइज बैंक, नेपाल बंगलादेश बैंक, एनआइसी एशिया बैंक, मेगा बैंक, माछापुच्छ्रे बैंक, जनता बैंक नेपाल र सिटिजन्स बैंकले वार्षिक साधारणसभाबाट प्रस्ताव गरेका लाभांश पारित गरिसेकका छन् ।

दुई बैंकको साधारणसभा हुँदै

बैंक अफ काठमाण्डू  बैंक र लक्ष्मी बैंकको वार्षिक साधारणसभा यही माघ १७ गते र २८ गते हुँदैछ । 

लाभांश घोषणा, साधारण कहिले ?

त्यसैगरी नविल बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक  र कमारी बैंकले लाभांको प्रस्ताव गरेपनि वार्षिक साधारणसभाको मिति भने तोक्न सकेको छैनन् ।

चार बैंकले लाभांश प्रस्ताव गरेनन्

नेपाल बैंक, सेञ्चुरी कमर्सियल बैंक, सिभिल बैंक र एनसिसी बैंकले लभांश घोषणा गरेका छैनन् ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको