Like us!
Follow us!
Connect us!
Watch us!

एप्सले सघाउने छ दशैंतिहार मनाउन

शुक्रबार, १४ असोज २०७३, १४ : ११ मा प्रकाशित

एप्सले सघाउने छ दशैंतिहार मनाउन


 
अर्थ संसार 
 नेपालीलाई ठूला चाडहरु दशैंतिहारले छोपेका छन् । हरेक बर्ष बर्षा सकिएपछि आउने यी दुई चाड हर्षोल्लासपूर्वक मनाइन्छ ।
विदेशमा बसेका धेरै नेपाली दाजुभाइ दिदीबहिनी चाड मनाउन घर फर्कदै छन् । कोही भने आफन्तलाई सम्झेर परदेशमै साथीहरु जम्मा भएर चाड मनाउने योजना बनाउदै होलान् । यस्तो बेला स्वदेशमा रहेका आफन्तको याद आउनु स्वभाविकै हो ।
सशरीर आफ्नो घरमा उपस्थित हुन नसके पनि डिजिटल दुनियामा अनलाइनबाट आफन्तको अनुहार हेर्दै चाड मनाउने अबस्था सिर्जना भएको छ । यस्तै एन्ड्रोइड अपरेटिङ सिस्टमका मोवाइलमा केही यस्ता एप्स उपलब्ध छन्, तिनले विदेशमा दशैंतिहारजस्ता चाड मनाउन सघाउँछन् । यसै परिपे्रक्षमा तपाईहरुलाई विदेशमै बसेर चाड मनाउन सघाउने केही नेपाली मोवाइल एपबारे यहाँ जानकारी दिने प्रयास गरिएको छ ।
 
दशैंतिहार

दशैंमा दुर्गाका विभिन्न रुपको पूजा गरिन्छ । त्यस्तै तिहारमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । यस एपमा दशैं र तिहारका सबै इभेन्टहरुलाई समेटिएको छ । यसमा रहेको मंगलधुनलाई मोवाइलको रिङ टोनमा समोश गर्न सकिन्छ । यसमा दशैंतिहारसँग सम्बन्धित फोटो, म्युजिक भिडियो, टेलिफिल्मलाई समावेश गरिएको छ । यसमा रहेका शुभकामनाका इकार्डहरु फेसबुक ट्वीटरबाट शेयर गर्न सकिन्छ । आफ्ना प्रियजनलाई शुभकामना एसएमएस पठाउन यसै एपमा भएका सामग्रीलाई प्रयोग गर्न सकिन्छ । आफ्नो फोटोको प्रयोग गरेर आफ्नै शुभकामना कार्ड बनाउन सकिन्छ ।
 
दशैंतिहार २०७२ ग्रिटिङ्स
यसमा दशैंतिहारका शुभकामना कार्डलाई आफ्नो नाममा बनाएर पठाउने सुविधा यस एपमा छ । यसमा त्यस्ता थ्रुपै कार्डको संग्रह छ । त्यस्तै फोटो ग्यालरीबाट आफ्नो वा साथीको फोटो छानेर पनि ग्रिटिङ कार्ड बनाउन सकिन्छ । यसरी बनाइएको कार्डलाई सन्देशका रुपमा पठाउन सकिन्छ । फोटो जोडेर एसएमएस पनि पठाउन सकिन्छ ।
 
दशैंतिहार आयो
दशैंतिहार आयो एप विभिन्न मुलुकमा बस्ने नेपालीलाई लक्षित गरेर बनाइएको बताइएको छ । यसमा दशैंतिहारको शुभकामनाका एसएमएस, ग्रिटिङ कार्डलगायत उपलब्ध छन् । यसमा रहेको मंगलधुन,मालसिरी, दशैं भजन, दशैंको आशिर्वाद लगायतका सामग्री उपलब्ध भएकाले एप खोल्नासाथ दशैं आएको अनुभूति हुन्छ ।यस्तै नेपाली लोकआधुनिक, पप गितका म्युजिक भिडियो, टेलिभिजन श्रृङ्खलालगायतका सामग्री पनि उपलब्ध छन् । यस्तै दशैंतिहारका शुभकामनाले भरिएका डिजिटल कार्डहरु यसमा समेटिएको छ । यसमा घटस्थापनादेखि दशैंका सबै दिनहरुबारे छुट्टाछुट्टै समग्री छन् । विशेष चाडहरुको नोटिफिकेसन आउने ब्यवस्था एपमा छ । दशैंतिहारका १ सयभन्दा बढी शुभकामना एसएमएस कलेक्सन एपमा छन् । त्यस्तै यी चाडका बेला फेसबुकमा राख्ने स्ट्याटसहरुको १ सयभन्दा बढी कलेक्सन नेपाली र अंग्रेजी भाषामा उपलब्ध छन् । यसमा रहेका १ सयभन्दा बढी ग्रिटिङ कार्डलाई फेसबुक, ट्वीटर, जिमेललगायतका माध्यमबाट शेयर गर्न र एसएमएस गर्न सकिने मेसेन्जरबाट पठाउन सकिन्छ । आफ्नो खुशी साट्न हसाउने खालका फोटोहरु, फन्नी वार्तालापहरु यसमा छन् । तिनलाई सामाजिक संजालमार्फत शेयर गर्न सकिन्छ । यस्तै दशैंतिहारका अबसरमा बनाइने विभिन्न खाद्यान्न तथा मिठाइका परिकार बनाउने विधि (साकाहारी र मांसाहारी) यसमा समेटिएको छ । तिनलाई सामाजिक संजालबाट सेयर गर्न सकिन्छ । यस्तै देउसी, भैलोका गीतहरु एपमा उपलब्ध छन् ।
दशैं तिहार सङ वालपेपर
यस एपमा दशैं तिहारसम्वन्धी भजन, मालश्री, टेलिफिल्म, ग्रिटिङ कार्ड र त्यसलाई सेयर गर्ने सुविधा, दशैंतिहार सम्बन्धी वालपेपरहरु, दशैं तिहारका मन्त्रहरु उपलब्ध छन् ।
यी त भए दशैंतिहारका बारे एन्ड्रोइड प्लेटफर्मको प्ले स्टोरमा भएका नेपाली एप । त्यसबाहेक हिन्दीमा समेत दशहराबारे केही एपहरु प्लेटस्टोरमा उपलब्ध छन् ।
दशहराबारे धेरै एप प्ले स्टोरमा छन् । तिनमा ग्रिटिङ कार्ड, दुर्गा, लक्ष्मीका पोस्टरहरु, विभिन्न भजनहरु उपलब्ध हुनेछन् । यसरी हेर्दा दशैं जस्तो चाडलाई डिजिटल रुपमा आफ्नो मोवाइलमा एउटा एप डाउनलोड गरेर रमाइलोसग मनाउन सकिन्छ । तपाईं पनि विदेशबाट घर फर्केर दशैंतिहार मनाउन पाउनुहुन्न भने ती चाडबारे बिस्तृत जानकारी दिनुका साथै आवश्यक चाडसम्बन्धि एसएमएस, इकार्ड उपलब्ध हुने कुनै एप आफ्नो मोवाइलमा डाउनलोड गरेर घरमा परिवारसगै मनाइने चाडको नियास्रो मेटाउने कि ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको