Like us!
Follow us!
Connect us!
Watch us!

खानेपानी मन्त्री विना मगर अस्पताल भर्ना

मंगलबार, ०८ माघ २०७५, १० : ३४ मा प्रकाशित

खानेपानी मन्त्री विना मगर अस्पताल भर्ना

अर्थ संसार, काठमाडौं – खानेपानी मन्त्री विना मगर अस्पताल भर्ना हुनु भएको छ । रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगर ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना हुनु भएको हो । उहाँको उपचार जारी छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ ।

मन्त्री मगरकी सासुआमा सीता दाहाल पनि गम्भीर बिरामी हुनुहुन्छ र उपचार जारी छ ।

मन्त्री मगरका ससुराबुबा तथा नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको यो साताको दैनिकी परिवारका सदस्यलाई अस्पतालमा भर्ना, उपचार र पार्टीका बिरामी नेताहरुलाई अस्पताल पुगेर भेट र स्वास्थ्य अवस्था बुझ्नेमै बितेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको