Like us!
Follow us!
Connect us!
Watch us!

‘इन्स्टाको फोटो’ को क्रेज

मंगलबार, ०८ माघ २०७५, १४ : ४९ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ - गत हप्ता युटुव च्यानलमाको "जी २१ डिजिटल" मार्फत ‘इन्स्टाको फोटो’ गीत सर्वाजनिक भएको थियो  । "जी २१ डिजिटल" त्यही च्यानल हो जसबाट "नाच फिरिरी" गीत सार्वजनिक भई अपार सफलता हासिल गरेको थियो । च्यानलले ‘इन्स्टाको फोटो’ सार्वजनिक गरेको दिन नवित्दै नेपालको युटवको ट्रेडिङमा पर्‍यो र हप्ता दिन देखि यस गितलाई अरुले उछिन्न सकेको छैन । यो समाचार तयार पर्दासम्म गितलाई १८ लाख पटक हेरिसकिएको छ ।

के छ त यस गीतमा जसले स्रोतालाई आकर्षित बनाएको छ ? हेरौं, हाम्रो एक विश्लेषण

१. कालिप्रसाद बास्कोटा


अहिलेका जल्दो बल्दो संगीतकार हुन कालिप्रसाद । यिनकै शब्द, सङगीत र आवाज छ ‘इन्स्टाको फोटो’ गीतमा । पछिलो समय लगातार उनका सिर्जनालाई श्रोताले मन पराइ रहेका कारण  उनको फ्यान फलोङ्ग एकदम बाक्लो हुँदै छ र  हरेक सिर्जनाको सफलताको कारण उनको क्रेज बढ्दो छ । बास्कोटाको गीतको परखाइ नेपाली श्रोता माजले गर्ने गरेका छन र अैले काली बस्कोटा नेपाली गीत सङगीत क्षेत्रका एक ब्रण्ड बनेका छन ।   ‘इन्स्टाको फोटो’ गीतमा उनले गरेका तीनै पक्ष शब्द, सङगीत र आवाज दर्शकले मनपराएका छन।    

२.रेश्मा घिमिरे


कसलै Tik Tok एप चलाउँछ भने रेश्मा घिमिरेलाई नचिन्ने कोही बिरलै होलान । उनलाई Tik tok मा ६ लाख भन्दा माथिले फलो गरेका छन् । उनको त्यो फ्यान फलोङ्गलाई यस भिडियोका निर्देशकले क्याश गर्न खोजेका छन् । र उनले यस गीतको भिडियोमा अब्बल अभिनय गरेर धेरै श्रोता, निर्देशक र निर्माताको ध्यान आफूतिर तान्न सफल भएकी छिन् ।

३. आसिफ शाह


आसिफ शाह एक कुशल गायक, कार्यक्रम संचालक, निर्देशक र राम्रा कलाकार हुन । नेपाल आइटल सिजन –२ को कार्यक्रम संचालनबाट राम्रो तारिफ, सफलता र धेरै  प्रशंसक हासिल गरेका शाह तिनै हुन जसको २ रुपैयाँ चिलचित्रको प्रमुख पात्र भई काम गरेका थिए र चलचित्रले  पनि राम्रो ब्यापार गरेको थियो । निर्माताले अहिलेको शाहको तातातातो क्रेजलाई सेलाउन दिएका छैनन् ।

४. निर्देशन, सम्पादन र भिएफएक्स


गीतमा हरि हुमागाईको छायांकन र म्युजिक भिडियोलाई  लोकेश बज्रचार्यले सम्पादन गरेका छन् । यस्तै भिएफएक्सको काम राजेश शाहले गरेका छन र आसिस शाहले भिडियो निर्देशन गरेका छन् ।  प्राकृतिक दृश्य पृष्ठभूमिका राखेर भिडियो बनाउने लहर रहेको बेला निर्देशकले त्यो लहरलाई समाटेका छैनन् । गीतको शव्दसँग भिडियोमा कथालाई सँगसँगै बगाउँदा भिडिायो एकदम उत्कृष्ट बनेको छ ।

५. युवापुस्ताको कथाबस्तु
गीत र यसको म्युजिक भिडियोले सवैभन्दा धेरै अहिलको युवापुस्ताले मन पराएका छन । गीतको शर्षिक ‘इन्स्टाको फोटो ’ छनोटमा पनि चलाखीपन देखिन्छ । हो, इन्स्टाग्राम अहिलेको सवैभन्दा बढी रुचाइएको एप हो । दिन प्रतिदिन नेपालीहरुको पनि यस एपमा झुकाव बढ्दै गएको छ । भिडियोमा बिछोडपछि प्रेमको सम्झना , एकअर्काको यादले ल्याएको पराकम्पन र त्यससँगै परिवारको बाध्यताको भूमरीमा परेको एक किशारेरी र वियोगमा विदेशिएको एक किशोरको बाध्यतालाई सटिक चित्रण गरिएको छ ।

हेर्नुस् भिडियो 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको