Like us!
Follow us!
Connect us!
Watch us!

अस्ताए वरिष्ठ कलाकार गणेश मुनाल

सोमबार, ०७ माघ २०७५, १३ : ४४ मा प्रकाशित

अस्ताए वरिष्ठ कलाकार गणेश मुनाल

अर्थ संसार, काठमाडौं– वरिष्ठ कलाकार गणेश मुनालको सोमबार विहान विर अस्पतालमा निधन भएको छ । दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका मुनालको मृत्यु हुनुको मुख्य कारण नखुलेपनि लामो समयदेखि  अस्वस्थ थिए । 

अहिले उनको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलीका लागि राखिएको छ ।   उनले अभिनित  फिल्म लभ लभ लभ’, ’एक पल’, ’सेतो बाघ’, ’शिरीषको फूल’, ’दिदी भाई’, ’मिस्टर डन’ लगायतका हुन भने उनको नयाँ फिल्म ’गोपी’ यही माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले थुप्रै टेलिसिरियलमा पनि काम गरेका थिए ।

सशक्त अभिनय र वजनदार आवाजबाट उनले निकै ख्याती कमाएका  उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् ।  उनलाई श्रदाञ्जली दिन पशुपति आर्यघाटमा दर्जनौं चलचित्रकर्मीहरु पुगेका छन् । स्वर्गीय मुनालका एक छोरा छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको