Like us!
Follow us!
Connect us!
Watch us!

बैंकका कार्यकारी र सञ्चालकलाई कुलिङ पिरियड

ramesh lamsal

सोमबार, ०७ माघ २०७५, ११ : २४ मा प्रकाशित

बैंकका कार्यकारी र सञ्चालकलाई कुलिङ पिरियड

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत र नायब कार्यकारी अधिकृत जुनसुकै कारणबाट हटेमा कम्तीमा छ महीनाको समय व्यतित नभई कुनै पनि संस्थामा सोही हैसियतमा काम गर्न नपाउने व्यवस्था गरेको छ ।

 बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७५ मा सो व्यवस्था गरेको छ । बैंकले कुनै सञ्चालक आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुनःसोही कार्यकालभित्र सोही संस्थाको सञ्चालक पदमा निर्वाचित वा मनोनीत हुन नपाउने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत प्रचलित व्यवस्थाको अधीनमा रही पुनःनियुक्ति पाएको अवस्थाबाहेक जुनसुकै कारणले आफ्नो सेवाबाट निवृत्त भएमा कम्तीमा छ महीनाको अवधि व्यतित नगरी कुनै पनि संस्थामा सोही पदमा नियुक्त हुन पाउने छैन ।

त्यस्तै इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकमा कार्यरत दोस्रो बरियताको पदाधिकारी सेवाबाट हटेपछि छ महीनाको अवधि व्यतित नभई इजाजतप्राप्त संस्थाको समान प्रकृतिको पदमा नियुक्ति हुन पाउने छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको