Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय नोट प्रयोगमा राष्ट्र बैंकको कडाई, किन हुँदैछ यस्तो ?

ramesh lamsal

सोमबार, ०७ माघ २०७५, ११ : २२ मा प्रकाशित

भारतीय नोट प्रयोगमा राष्ट्र बैंकको कडाई, किन हुँदैछ यस्तो ?

अर्थ संसार, काठमाडौँ – नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ भारतमा बाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार नेपाली नागरिकले भारतमा जाँदा मात्रै भारतीय मुद्रा प्रयोग गर्न सक्नेछन् । भारु १०० र सोभन्दा कम दरका नोट तथा मुद्रा प्रचलित व्यवस्थाबमोजिम ल्याउन लैजान वा सटही गर्ने सकिने व्यवस्था गरिएको छ ।

भारत सरकार तथा भारतीय रिजर्ब बैंकले ९ नोभेम्बर २०१६ सम्म चलनचल्तीमा रहेका भारु ५०० र भारु १०० दरका नोट चलनचल्तीबाट हटाएको हुँदा त्यस्ता नोटको कारोवार गर्न र हाल भारतमा चलनचल्तीमा रहेका भारु २००, भारु ५०० र भारु दुई हजार दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोवार गर्न नपाइने व्यवस्था बैंकले गरेको छ ।

विदेशी विनिमय कारोवार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई बैंकले आज एकीकृत परिपत्र गर्दै उक्त व्यवस्था गरिएको जानकारी गराएको छ ।

ताजा समाचार

बैंकका कार्यकारी र सञ्चालकलाई कुलिङ पिरियड

स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारणसभा आज : १७.५० % नगद लाभांशको प्रस्ताव लैजाँदै

अरुण तेस्रोको १५ प्रतिशत काम सम्पन्न, लागत १ खर्ब २० अर्ब

गुडविल फाइनान्सले शेयरधनीलाई लाभांश खुवाउँदै, बुक क्लोज कहिले ?

माथिल्लो तामाकोशीको शेयरमा तीब्र चलखेल 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको