Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार घट्यो, आज बढ्ने र घट्ने समूह यस्ता छन्

आइतबार, ०६ माघ २०७५, १५ : ४८ मा प्रकाशित

शेयर बजार घट्यो, आज बढ्ने र घट्ने समूह यस्ता छन्

अर्थ संसार, काठमाडौं–  धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव ६० विन्दुले घटेर एक हजार १७९ दशमलव १७ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६३ विन्दुले घटेर २४९ दशमलव ३८ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता शेयर रु ३६ करोड ४५ लाख ३८ हजार ७३६ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेका छन् । व्यापार दुई दशमलव ८७, होटल पाँच दशमलव ५४ र वित्त एक दशमलव ६१ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ पाँच दशमलव शून्य छ, विकास बैंक ११ दशमलव १७, जलविद्युत् ३६ दशमलव ५९, निर्जीवन बीमा ३७ दशमलव ६७, उत्पादन पाँच दशमलव शून्य आठ, अन्य आठ दशमलव ३६, लघुवित्त १० दशमलव ५९ र जीवन बीमा ३७ दशमलव ३४ विन्दुले घटेका छन् ।

स्टकका अनुसार नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, श्रीराम सुगर मिल, छ्याङ्दी हाइड्रो पावर, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् । यस्तै नागरिक लगानी कोष, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, गरिमा विकास लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त वित्तीय संस्था र साङ्ग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले गुमाएका छन् ।सामान्य अंकले घटेको बजारमा बढ्ने र घट्ने समूह यस्ता छन् ।

बढ्ने समूह

घट्ने समूह

5c4449ee21a76.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको