Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा मेलम्ची :हाथी आयो हाथी आयो फुस्सा

शनिबार, ०५ माघ २०७५, १४ : १९ मा प्रकाशित

काठमाडौंमा मेलम्ची :हाथी आयो हाथी आयो फुस्सा

अर्थ संसार, काठमाडौं– रहर सबैको राजधानी मै बस्ने हुन्छ । हुनु पनि किन नहोस् , राजधानी भनेकै सुबिधा सम्पन्न नगरी  हो । केबल उनीहरुलाई चिन्ता हुन्छ त आफ्ना लक्ष्य कसरी हासिल गर्ने, आफ्नो अध्ययन कसरी हुनसकोस खोज मुलक बनाउने, नयाँ खोज कसरी गर्ने, रमाइलो कसरी गर्ने र खुशी कसरी हुने । अरु कुराको खासै चिन्ता हुँदैन किन भने उनीहरुको  आधारभूत माग सरकारले नै पुरा गर्देको हुन्छ । शायद त्यही भएर उनीहरु खुशी खुशी सरकारलाई कर तिर्न राजी हुँन्छन । र सरकारको प्रयास पनि जनतालाई हर सम्भव सेवा सुबिधा दिने र उनीहरुलाई एक अब्बल नागरिक बनाउने र उनीहरुको योग्दानबाट राष्ट्र निर्माण गर्ने हुन्छ। त्यसैले जनताले पनि विश्वाश गर्ने कुनै दल वा पार्टीलाई सक्भर बहुमत कै शक्ति सम्पंन सरकार बनाइदिएको हुन्छ मत्दान मार्फत । 

गरीब मुलुक,अरु देशमा परनिर्भर भएका, युद्धमा फसेका वा बिकासउन्मुख देशमा चाँही बहुमतको सरकार बन्नु गाह्रो नै हुन्छ । तर यस पटक चाँही यस दक्षिण एसियाली राष्ट्रमा नेपाल कम्युनिष्ट पार्टीले बहुमतको २ / ३ को सरकार बनेको छ । होला धेरै सपना देखाएका तेसैले भोटे नि प्राप्त भो र नेपाल कम्युनिष्ट पार्टीले तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकार बनेको छ । 

सरकारबाट जनताको धेरै आशा होलान तर काठमाडौं उपत्यका बासीको चाँही प्रमुख आशा धुवा धुलो नियन्त्रन, लोडसेडिङ्ग मुक्त शहर र आफ्नो प्यास मेलम्चीको पानीले मेटाउने नै हो । क्रमश धुवा धुलो कम हुँदै छ , भारतबाट किनेर भए पनि लोडसेडिङ् बाट मुक्ती मिलेको छ ,तेस्मामा राजधानी बासीलाई खासै त्यस्तो गुनासो छैन ।  तर राजधानी बासीको आफ्नो प्यास मेटाउने रहरमा चाँही सरकारबाट फेरी धोखा हुन्ने गन्ध फैलेको  छ ।   

सपना सबैले देखेका थिए यस्पली किनकी  सबैले विश्वाश गरेका  केपी शर्मा ओली नेतृत्वको सरकारले दशैंअघि नै मेलम्ची काठमाडौं आउने बताएको थियो । खानेपानी मन्त्री बिना मगरले पनि आफ्ना भाषणमा दशैंको भाखा सुनाएकी थिइन् । दशै गयो , तिहार नि गयो , माघे सङ्ग्रन्ती नि मनाउदा खबर चाँही मेलम्ची सपना अब अनिश्चित हुने देखिएको छ । सरकारले जनतालाई फेरि एक पटक धोका दिएको बोध हुँदै छ ।

एक उच्च अधिकारीका अनुसार खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी इटालियन ठेकेदार सीएमसीले समयमै काम सम्पन्न नगरेको भन्दै करार सम्झौता रद्द गर्ने तयारी गर्दै छ रे । उनका अनुसार ‘नयाँ वर्ष मनाएर आउँछौं भनेर गएको ठेकेदार आएको छैन, उल्टै नयाँ शर्त अघि सारेको छ,’ ‘रद्द गर्नुको अर्को विकल्प छैन ।’ आर्थिक रुपमा टाँट पल्टेको घोषणा गरेको कम्पनीलाई उल्टै काम गरिदेउ भन्ने र अनुरोध गर्नु नै मन्त्रालयले गल्ती गरेको उनी आँफै भन्छन।

दशैमा घर घरमा पानी पुराउने सपना देखाएको सरकारको बाहिरी ठेकेडार सँगको लाचरी प्रस्तै हुन्छ । अझ जनतालाई यसको सत्यतत्य सूचना नदिनुले सरकारको जनता प्रतिको जवाफदेहितामा समेत प्रश्न गरेको छ । राजधानी बासीलाई चाँही फेरी पनि हाथी आयो हाथी आयो फुस्सा । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको