Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकले ९ प्रतिशत लाभांश दिने

शुक्रबार, ०४ माघ २०७५, १६ : १७ मा प्रकाशित

लक्ष्मी बैंकले ९ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौँ– लक्ष्मी बैंकले आफ्ना शेयरधनीलाई करीब नौ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आठ दशमलव ५० प्रतिशत शेयर लाभांश र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७४\७५ को नाफाबाट रु ६९ करोड ८८ लाख ४१ हजार ६९० बराबरको ६९ लाख ८८ हजार ४१६ कित्ता शेयर लाभांश र रु तीन करोड ६७ लाख ८१ हजार १४२ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले गरेको उक्त प्रस्ताव यही माघ २८ गते आयोजना गरिएको वार्षिक साधारणसभाले पारित गरी नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

बैंकले साधारणसभामा धितोपत्र दलाल व्यवसायीको काम गर्ने गरी सहायक कम्पनी खोल्ने प्रस्तावसमेत राखेको छ । पछिल्लो समयमा नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थालाई धितोपत्र दलाल व्यवसाय गर्नका लागि सहायक कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।

यस्तै लक्ष्मी बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने तथा अन्य कुनै संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा यसअघि नै भएको प्रक्रियालाई समेत निरन्तरता दिने प्रस्तावसमेत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको