Like us!
Follow us!
Connect us!
Watch us!

मानव बेचबिखन गर्नेलाई २० वर्ष कैद फैसला

बुधबार, ०२ माघ २०७५, १८ : २६ मा प्रकाशित

मानव बेचबिखन गर्नेलाई २० वर्ष  कैद फैसला

अर्थ संसार, नुवाकोट– युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

दुप्चेश्वर गाउँपालिका–३ राउतबेंसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले दोषी ठहर गर्दै सो फैसला गरेको हो । अठार वर्षीया युवतीलाई अभियुक्त तामाङले चार वर्षअघि भारत लगेर बिक्री गरेको प्रहरीले जनाएको छ । विसं २०७१ कात्तिक १९ गते हराएकी युवतीका परिवारले जिल्ला प्रहरी कार्यालयमा आरोपी तामाङविरुद्ध उजुरी दिएका थिए ।

फरार रहेका आरोपी तामाङलाई काठमाडौँबाट २०७३ मङ्सिर १७ गते गिरफ्तार गरी नुवाकोट ल्याएर अनुसन्धान प्रहरीले थालेको थियो । पीडित युवतीलाई भारतीय प्रहरीले उद्धार गरी विसं २०७३ मा नेपाल फर्काएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको