Like us!
Follow us!
Connect us!
Watch us!

पैसा नभएको खाताको चेक दिदै हुनुहुन्छ ? सत्येन्द्रलाई जस्तो होला नी ?

मंगलबार, ०१ माघ २०७५, १७ : ४१ मा प्रकाशित

पैसा नभएको खाताको चेक दिदै हुनुहुन्छ ? सत्येन्द्रलाई जस्तो होला नी ?

अर्थ संसार, गौशाला,–  महोत्तरी प्रहरीले आज बैंकिङ कसुर मुद्दामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मनरासिस्वा नगरपालिका–१० बस्ने सत्येन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

पक्राउ परेका यादवले जिल्लाकै एकडारा गाउँपालिका–४ हलखोरी बस्ने सविता यादवसँग रु तीन लाख ठगी गरी उनलाई गलत चेक दिएर बैंकमा पठाएको र उनको चेक बैंकमा बाउन्स भएपछि बैंकिङ कसुरमा पक्राउ गरिएको हो । पीडितले प्रहरीमा आफू ठगिएको जानकारी गराएपछि आजै प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको