Like us!
Follow us!
Connect us!
Watch us!

रातो हाब्रेको छाला बेच्ने यसरी परे प्रहरी फन्दामा

मंगलबार, ०१ माघ २०७५, १२ : ४५ मा प्रकाशित

रातो हाब्रेको छाला बेच्ने यसरी परे प्रहरी फन्दामा

अर्थ संसार, काठमाडौं–  प्रतिबन्धित रेडपाण्डा (हाब्रे)को छाला कारोवारमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ ।

डोल्पाको जगदुला–४ का २० वर्षीय दीपक रोकायलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि रेडपाण्डाको छालासहित जाजरकोट कालीमाटीका दुई युवक पक्राउ परेका थिए । उनीहरूकै बयानका आधारमा प्रहरीले रोकायलाई पक्राउ गरिएको जनाएको छ ।

वन कार्यालयले दुर्लभ वन्यजन्तुको चोरी–शिकारी तथा वन्यजन्तुका आखेटोपहारको गैरकानूनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ अनुसार दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत हाब्रेको छालाको व्यापार गर्ने कार्यमा संलग्न उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।

प्रहरीले तीनै जनालाई डिभिजन वन कार्यालयको जिम्मा लगाएको छ ।     आवश्यक अनुसन्धानका लागि वन कार्यालयले सहायक वन अधिकृत पूर्णप्रसाद ढकाललाई अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अघि बढाएको डिभिजन वन अधिकृत मञ्जुर अहमतले बताउनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको