Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य मन्त्री गौचन डोमोटेक्स मेलामा सहभागी हुन जर्मनीमा

आइतबार, ०२ माघ २०७३, १४ : ०१ मा प्रकाशित

वाणिज्य मन्त्री गौचन डोमोटेक्स मेलामा सहभागी हुन जर्मनीमा

अर्थसंसार

काठमाडौँ – वाणिज्य मन्त्री रोमी गौचन थकाली जर्मनमा हुन लागेको डोमोटेक्स व्यापार मेलामा सहभागी हुन बर्लिन पुगेका छन् । उनलाई जर्मनीको बर्लिन टिगल एअरपोर्टमा नेपालका लागि जर्मनीका राजदूत रमेशप्रसाद खनाल र दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए ।

मन्त्री गौचनले बर्लिनमा रहेको नेपाली दूतावासको भम्रण गरी त्यहाँको बारेमा राजदूतसँग   जानकारी लिएका छन् । त्यस अबसरमा मन्त्री गौचनले नेपालको पर्यटन, व्यापार, लगानी  तथा संविधानमा व्यापारको बारेमा बनेको नयाँ नीति प्रबर्धन गर्न दुतावासका अधिकारीहरुलाई आग्रह गरे ।

मन्त्रीको सम्मानमा राजदूत खनालले एक कार्यक्रमको आयोजना गरेका थिए । उक्त कार्यक्रममा निजी क्षेत्रका व्यापारी, नेपाली समुदायको सहभागीता थियो । त्यस अबसरमा सासद जितेन्द्र नारायण देवसहित नेपालका लागि जर्मनीका राजदुत एच इ फ्र्यान्क मेकी पनि उक्त उपस्थित थिए ।

मन्त्री  गौचनले उक्त कार्यक्रमलाई सम्वोधन गर्दै जर्मनी संघीय गणत्रन्त्र र नेपालबीच  उत्कृष्ट सम्वन्ध रहेको बताए । मन्त्री गौचन माघ ३ गते डोमोटेक्स व्यापार मेलामा  सहभागी हुनेछन् ।  माघ ४ गते नेपालको पर्यटन प्रचारको एक कार्यक्रममा सहभागी भएर नेपाल फर्किने उनको कार्यक्रम छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको