Like us!
Follow us!
Connect us!
Watch us!
सञ्चयकर्ताको स्टेटमेन्ट, ऋण सापटी र बचत रकमको स्टेटमेन्ट मोबाइलमै हेर्न सकिने

लगानी कोषले ल्यायो मोवाइल एप

आइतबार, ०२ माघ २०७३, १३ : ०२ मा प्रकाशित

लगानी कोषले ल्यायो मोवाइल एप


अर्थ संसार
काठमाडौ–नागरिक लगानी कोषले सञ्चयकर्ताको स्टेटमेन्ट, ऋण सापटी र बचत रकमको स्टेटमेन्ट हेर्न मिल्ने सिआइटी मोवाईल एप सार्बजनिक गरेको छ ।अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले कोषको पोखरा शाखामा नयाँ एप सुभारम्भ गरे । सचिव खनालले कोषले एप ल्याएपछि सेवाग्रहीको समय बचत हुनुका साथै प्रशाशनिक झन्भट हटाउने बताए । उनले कोषका सेवाग्रहीले सचेत भएर एपको अधिक प्रयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष महाश्रम शर्माले कोष सेवाग्रहीको सुझाव अनुसार चल्ने संस्था भएको बताउँदै भने, ‘सेवाग्राही जति चनाखो भएर लाग्छन्, हामी त्यतिकै सचेत हुन्छौं ।’कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले यसअघि कोषले सिआइटी एसएमएस सेवा सुरु गरिसकेको जानकारी दिँदै मोवाइल एपको सेवाबाट सबै सेवाग्राहीले मोवाइलबाटै सबै जानकारी लिन सक्ने बताए ।

कोषका सूचना अधिकृत उद्धव सिलवालले कोषले संचालन गर्ने बिभिन्न कार्यक्रमहरु कर्मचारी बचतबृद्धि स्वीकृत अवकाश कोष, निजामती सावधिक जीवन बीमा, शिक्षक, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीे र नार्क सावधिक जीवन वीमाअन्तर्गत जम्मा भएको रकमको स्टेटमेन्ट, ऋण सापटी र बचत रकमको स्टेटमेन्ट यस मोवाईल एपमार्फत हेर्न सकिने जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको