Like us!
Follow us!
Connect us!
Watch us!

एमआरआरद्वारा महोतरीको औरहीका मुसहरलाई ब्ल्याङ्केट वितरण

आइतबार, ०२ माघ २०७३, १३ : ०० मा प्रकाशित

एमआरआरद्वारा महोतरीको औरहीका मुसहरलाई ब्ल्याङ्केट वितरण

 
अर्थ संसार
काठमाडौं–सामाजिक संजालको समूह एमआरआरले महोत्तरीको औरहि गाविसका वडा २, ३ र ५ का मुसहर बस्तीमा १ सय १५ थान ब्ल्याङ्केट वितरण गरेको छ । समूहको एमआरआर लभ बैंकमा जम्मा भएको सहयोगबाट ब्ल्यांकेट वितरण गरिएको हो ।

लभ बैंकमा एनसीसी बैंकमा कार्यरत दिपा घिमिरेले ५ हजार, सुनीता कोईरालाले ३ हजार र अमृता पुरीले २ हजार, कोरियाबाट भेषम न्यौपानेले ५ हजार १ सय २०, क्यानाडाबाट अमरेश पोखरेलले ५ हजार, पोखराका सुमन गिरी र दामोदर न्यौपानेले २ हजार, शिशम राजवंशीले ५ हजार, भैरहवाबाट राजन नेपालले ४ हजार, कपिल गौतम र सहानीले  १ हजार गरी ३२ हजार १ सय २० रुपैयाँ जम्मा भएको थियो ।

त्यसैगरी बसन्त बानियाले १ थान, दिपक पाण्डेले २ थान, अच्यूत अर्यालले २ थान, राजीव घिमिरेले ट २ थान, फिनल्याण्डबाट सुदिप खड्काले १० थान ब्ल्याङ्केट सहयोग गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको