Like us!
Follow us!
Connect us!
Watch us!
झण्डै १ लाख ५ हजार जनाले गरे आवेदन, १५ अर्ब ५० करोड रुपैयाँ संकलन

नेपाल लाइफको एफपिओमा ४ गुणा आवेदन, आज सेयर भर्ने अन्तिम दिन

आइतबार, ०२ माघ २०७३, १० : ४६ मा प्रकाशित

नेपाल लाइफको एफपिओमा ४ गुणा आवेदन, आज सेयर भर्ने अन्तिम दिन

अर्थ संसार

काठमाडौं–नेपाल लाइफल इन्स्योरेन्सको फर्दर पब्लिक अफरिङ (एफपीओ) मा अहिलेसम्म १५ अर्ब ५० करोड रुपैयाँ बराबरको आबेदन परेको छ । यसरी हेर्दा अहिलेसम्म करिव ४ गुणा आवेदन परेको देखिन्छ । आवेदनको संख्या हेर्दा १ लाख ५ हजारजनाभन्दा बढीले आवेदन गरेका छन् । 
तेसो दिन शुक्रबार मात्रै ७ अर्बभन्दा बढीको आवेदन परेको एफपिओ विक्री पबन्धक सिद्धार्थ क्यापिटल मार्केटले जनाएको छ । 

गत शुक्रबार एकै दिन ४६ हजार आबेदकबाट साढे सात करोड रुपैयाँ बराबरको आबेदन दिएका थिए । 

नेपाल लाइफको एफपिओमा दोस्रो दिन बिहीबार ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । त्यस दिन ३६ हजार जनाले आवेदन दिएका छन् । 

त्यसअघि पहिलो दिन बुधबार २२ हजार ८ सय ६६ आवेदन परेको थियो । त्यति आवेदनबाट ३ अर्ब १२ करोड ८२ लाख ६२ हजार ४ सय ९० रुपैयाँ संकलन भएको थियो । 

नेपाल लाईफले बुधबारदेखि एफपिओ निस्कासन खुला गरेको हो । कम्पनीले ३१ लाख कित्ता सेयर निस्कासन गरेको छ । नेपाल लाइफले १ सय रुपैयाँ मूल्य अंकित सेयरमा १३२५ रुपैयाँ प्रिमियम जोडेर १४२५ रुपैयाँ प्रतिकित्तामा एफपिओ निस्कासन गरेको हो । आज आवेदन गर्ने अन्तिम दिन हो ।  

एफपीओमा न्युनतम १० कित्ता र अधिकतम ३० हजार ९ सय ६० कित्तासम्मका लागि आबेदन गर्न पाईन्छ । लगानीकर्ताले १० कित्ता र १० ले भाग जाने कित्ताका लागि आवेदन गर्न सक्नेछन् । नेपाल लाइफको एफपिओ भर्न विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल र सिद्धार्थ बैंकका सबै शाखाहरुबाट आवेदन गर्न सकिने छ ।

कम्पनीले अरु बैंकमा समेत आवेदन संकलन केन्द्र राखेको छ । नेपाल लाईफले सर्बसाधारणको सेयर अनुपात बृद्धि गर्न ३० लाख ९६ हजार ४२९ कित्ता एफपीओ जारी गरेको हो । 

नेपाल लाइफको एफपीओ निश्काशनपछि प्रिमियमा संकलन गरेको रकम ४ अर्ब १० करोड रुपैयाँ जगेडा कोषमा जम्मा हुने छ । यसपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४७ करोड नाघ्ने छ । 

राम्रो नाफा कमाइरहेको कम्पनी भएकाले सबैको यसको एफपिओमा निकै आकर्षण छ । त्यसैले बजारमा एनएलआइसीको एफपीओमा लगानी गर्न नगद साँचेर राखेका छन् । विभिन्न म्युचअल फण्डहरुले समेत दोस्रो बजारमा लगानी नगरेर राखेको नगद यही एफपिओमा लगानी गर्ने तयारी गरेका छन् ।

त्यसैले एनएलआइसीको एफपिओमा आज संस्थागत र ठूला लगानीकर्ताले अन्तिम दिन आज आबेदन गर्ने भएकाले अघिल्ला दिनहरुको जम्मा आबेदनभन्दा दोब्बर रकम जम्मा हुने अनुमान छ । 

एफपिओमा सामुहिक लगानी कोषसँगै बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले समेत आबेदन गर्न पाउँछन् । यसअघि खुलेका साधारण सेयर (आइपिओ) मा अन्तिम दिन उल्लेखनीय रुपमा आबेदन पर्ने गरेको छ । धेरैले नेपाल लाईफको एफपीओमा १० गुणा आबेदन पर्ने अनुमान गरेका छन् ।
 

587b02dea0de0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको