Like us!
Follow us!
Connect us!
Watch us!
बरामद भएको सुनको मूल्य झण्डै ७ करोड, तस्करीमा माथिल्लो निकायमा रहेकाहरुको संलग्नता आशंका

फेरि समातियो १५ किलो सुन, मुलुक सुन तस्करीको अखाडा बन्दै

शनिबार, ०१ माघ २०७३, १२ : ५५ मा प्रकाशित

फेरि समातियो १५ किलो सुन, मुलुक सुन तस्करीको अखाडा बन्दै

अर्थ संसार
काठमाडौं–नेपाल सुन तस्कारीको अखाडा बन्दै गएको एकै साता ठुलो परिमाणमा बरामद भएको सुनले पुष्टि गरेको छ । 

प्रहरीले रसुुवाबाट राउँदै गरेको टाटा सुमोबाट शुक्रबार राति १५ किलो सुन बरामद गरेको छ । यसै साता प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलो अवैध सुन बरामद गरेको थियो । पछिल्लो घटनामा बालाजु प्रहरीले सुराकीको आधारमा १५ किलो सुन बरामद गरेको हो । उक्त सुनको मूल्य बजार भाउ अनुसार झण्डै ७ अर्ब रुपैयाँ पर्छ । 

तस्करले रसुवाको बाटो हुँदै सुन तस्करी गर्न नयाँ शैली अपनाएका थिए । उनीहरुले टाटा सुमोको इन्जिनमा बाँधेर १५ किलो सुन ल्याएका थिए । बरामद भएको सुनको स्वामित्व कसको हो भन्ने पत्ता लागेको छैन । गाडीसहित चालक भने पक्राउ परेका छन् । प्रहरीले सुराकीका आधारमा सुमोलाई पिछा गरेर समाइएको जनाएको छ । 

प्रहरीले यसै साता विमानस्थलबाट समातिएको ३४ किलो सुन तस्करी गर्ने गिरोहलाई अझै समाउन सकेको छैन । उक्त सुन तस्करीमा संलग्नताको आरोप लागेपछि अर्थमन्त्री कृष्णबहादुर महराले आफू भुरा भएको भन्दै तस्करीमा ठूलो माछाहरुको संलग्नता रहेको बताएका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको