Like us!
Follow us!
Connect us!
Watch us!

नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ

बुधबार, २५ पुस २०७५, ११ : ०९ मा प्रकाशित

नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ

अर्थ संसार, काठमाडौँ – राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ निर्विरोध चयन भएका छन् ।

सोमबार बौद्धमा रहेको सेन्टर फुडल्याण्डको हलमा नेसनल प्याब्सन काठमाडौँले आयोजना गरेका प्रथम ऐतिहासिक नगर अधिवेशनबाट गुरुङ अध्यक्षमा चयन भएका हुन ।

नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ सहित उपाध्यक्षमा मदन राज रेग्मि, सचिवमा मोहन अधिकारी, सह–सचिवमा साधना खतिवडा, कोषाध्यक्षमा निराजन आचार्य, सदस्यहरुमा सिता पाण्डे, सुजित बुढाथोकी, थानेश्वर भुसाल, गणेश धिताल, जे.एस. तामाङ निर्विरोध चयन भएका छन् ।

नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीको प्रमुख आतिथ्यतामा गरिएको उक्त ऐतिहासिक नगर अधिवेशनमा इस्टपोल स्कुलका अध्यक्ष इश्वर प्रसाद सापकोटा, नेसनल प्याब्सन काठमाडौँका सदस्य एवं प्रचार विभाग प्रमुख गेन्द्र लामा, नेसनल प्याब्सन काठमाडौँका सदस्य राजन श्रेष्ठ लगायत नेसनल प्याब्सनमा आवद्ध गोकर्णेश्वर नगरपालिकाका सदस्य  विद्यालयका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।

सोही अधिवेशनको भेलाबाट इस्ट पोल स्कुलका अध्यक्ष सापकोटालाई नेसनल प्याब्सन गोकर्णेश्वर नगर कमिटीको प्रमुख सल्लाहकारमा चुनिएको छ ।

उक्त नगर अधिवेशनमा बोल्दै प्रमुख अतिथि एवं नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष पराजुलीले देशको संरचनामा परिवर्तन भएसंगै स्थानिय तहमा नेसनल प्याब्सनको प्रतिनिधित्व रहन नेसनल प्याब्सन काठमाडौँले काठमाडौँमा रहेका विभिन्न नगरमा नगर कमिटी गठन गर्दै आएको छ । सोही अनुसार गोकर्णेश्वर नगरपालिकामा पनि कमिटी गठन गरिएको बताएका थिए । नयाँ कार्यसमितिलाई बधाई दिँदै शैक्षिक गतिविधिमा गोकर्णेश्वर नगरपालिकामा नेसनल प्याब्सनको मुख्य भुमिका रहने बताएका थिए ।

यस्तै नयाँ कार्यसमितिलाई बधाई दिँदै इस्ट पोल स्कुलका अध्यक्ष सापकोटाले आफुले नेसनल प्याब्सन गोकर्णेश्वर नगर कमिटीलाई सम्पुर्ण रुपले सहयोग गर्ने बताएका थिए ।नेसनल प्याब्सन काठमाडौँले यसअघि कागेश्वरी मनोहरा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, तारकेश्वर नगरपालिका र टोखा नगरपालिका नगर कमिटी गठन गरिसकेको बताइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको