Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको १५ औं वार्षिक साधारणसभा : ५ प्रतिशत बोनस पारित, चुक्ता पुँजी १ अर्ब १९ करोड नाघ्यो (अर्थ संसार कभरेज)

मंगलबार, २४ पुस २०७५, १४ : ०८ मा प्रकाशित

अपि पावरको १५ औं वार्षिक साधारणसभा : ५ प्रतिशत बोनस पारित, चुक्ता पुँजी १ अर्ब १९ करोड नाघ्यो (अर्थ संसार कभरेज)

अर्थ संसार, काठमाडौं–अपि पावर कम्पनी लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४\०७५ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर (कर बाहेक) दिने प्रस्ताव साधारणसभाबाट पास गरेको छ ।

५ प्रतिशत बोनस शेयर निश्कासन पश्चात कम्पनीको चुक्ता पूँजी रु.११९.०७ करोड पुग्ने कम्पनीले जनाएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको ८.५ मे.वा. क्षमताको नौगड गाढ जलविद्युत आयोजना विगत ३ वर्ष देखी नाफामा संचालन भईरहेको र कम्पनीले निर्माण गरिरहेको ८ मे.वा. क्षमताको अप्पर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको पनि कम्पनीले जनाएको छ ।

साथै कम्पनीले प्रबद्र्धन तथा विकाश गरेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौताको मस्यौदामा हस्ताक्षर गरेको पनि कम्पनीले जनाएको छ । कम्पनीले विकाश गरेको १८ मे.वा. आयोजनामध्ये १४ मे.वा. क्षमताका ४ वटा सोलार आयोजनाहरुको विद्युत खरिद विक्री सम्झौता सम्पन्न गरिसकेको छ र सोलार आयोजना निर्माणको लागी भारतको General Electric Company संग सोलार प्यानलहरु, इनभर्टर तथा अन्य आवश्य सामानहरु खरिद गर्ने सम्झौता पनि सम्पन्न भइसकेको कम्पनीले जनाएके छ ।

कम्पनीले १ः२ बराबरको हकप्रद शेयर जारी गरी शोलार आयोजनाहरु, माथिल्लो चमेलिया जलविद्युत आयोजना तथा सिद्धकाली पावर लि.ले निर्माण गर्ने त्रिशुली गल्छी जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ ।

साधारणसभाले नियमन निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन)  सँग १ः२ को अनुपातमा हकप्रद शेयर निश्कासनको अनुमति छिटोभन्दा छिटो दिन आग्रह समेत गरेको छ ।

5c346336aeef8.jpg 5c34633ab65bf.jpg 5c3463431af57.jpg 5c3463468dacb.jpg 5c34634b9ee59.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको