Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली सुन कारोवार गर्ने पक्राउ

आइतबार, २२ पुस २०७५, १८ : ३३ मा प्रकाशित

नक्कली सुन कारोवार गर्ने पक्राउ

अर्थ संसार, साँखु– नक्कली सुन कारोवारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका–१२ कपन खरिबोट नजिक नक्कली सुनको कारोवार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोलुखुम्बु घर भई काठमाडौँ बस्ने ३५ वर्षीय टासी शेर्पा रहेको प्रहरी प्रभागका प्रहरी निरीक्षक मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

कुँवरका अनुसार निजको कोठामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा सुन जस्तो देखिने १ केजी पहेँलो धातु बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको बताउनुभयो । शेर्पा २०५५ सालमा कर्तव्य ज्यान उद्योगमा १० वर्ष जेल बसी निस्केको र लामो समयदेखि नक्कली सुन कारोवारमा सङ्लग्न भई गत साउनमा पनि पक्राउ परेका थिए ।

निज टासी शेर्पाले फेसबुकमार्फत साथी बनाउने, विभिन्न समयमा नक्कली सुन देखाई प्रलोभनमा पारेर पैसा लिने गरेको र आफ्नो सुन तथा माला पसल छ भनी विभिन्न प्रलोभनमा पारी मानिसलाई ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

शेर्पाले हुम्ला जिल्लाको याल्बा घर भई सिमिकोटमा किराना पसल गरी बस्ने २७ वर्षीया किरण ग्याल्जेन लामाबाट रु तीन लाख ७० हजार नेपाली ठगी गरेको पाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको